Home समाचार दुई अध्यक्षीय प्रणाली नेपालमा असफल : प्रभु साह

दुई अध्यक्षीय प्रणाली नेपालमा असफल : प्रभु साह

९ पुस, काठमाडौं ।
नेपाल कम्युनिस्‍ट पार्टीका केन्द्रीय सदस्य प्रभु साहले नेपालमा दुई अध्यक्षीय प्रणाली असफल भइसकेको भन्दै यस्तो पद्धति नअपनाउन आग्रह गरेका छन् ।
नेकपाभित्रको विवादमा प्रचण्‍ड-माधव समूहमा रहेका नेता साहले दुई अध्यक्षीय प्रणालीको गल्ती नदोहोर्‍याउन सचेत गराएका छन् । ‘… दुई अध्यक्षीय प्रणालीमा अध्यक्षहरुबीचको आपसी टकरावले आज पार्टी क्षतविक्षत मात्र भएन, सिंगो व्यवस्था नै अस्तव्यस्त भई देश अन्योलग्रस्त स्थितिमा छ । मार्क्सवादी मान्यता र लेनिनवादी संगठनात्मक सिद्धान्तविपरीत निर्माण भएको दुई अध्यक्षीय प्रणाली अवस्तुवादी र अवैधानिक भएकै कारण देशले गम्भीर घात व्यहोर्नुपरेको छ’ उनले भनेका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेपछि आफूले प्रचण्ड नेतृत्वलाई साथ दिएको तर यो समूहले विगतकै जस्तो दुई अध्यक्षीय प्रणालीलाई सच्याउनुको सट्टा पुनरावृत्ति गरेको साहले टिप्पणी गरेका छन् ।

दुई अध्यक्षीय प्रणाली नेतृत्वसम्बन्धी विश्वव्यापी मान्यता विपरीत र नेपालमै असफल सिद्ध भइसकेको पनि उनले उल्लेख गरेका छन् ।प्रचण्ड-माधव समूहको केन्द्रीय कमिटी बैठकले माधवकुमार नेपाललाई अध्यक्ष बनाउने निर्णय गर्दा साहले बैठकस्थलमै आपत्ति जनाएका थिए । तर उनको कुरा सुनुवाई भएन । साहले आफूले विमति जाहेर गर्दागर्दै पनि निषेध र निरंकुशताको शैलीमा दुई अध्यक्षीय प्रणाली लागू गरिएको भन्दै आपत्ति जनाएका छन् ।
यसर्थ देश र जनतालाई घात गर्ने दुई अध्यक्षीय प्रणाली अस्वीकार गरी सही नेतृत्व प्रणालीको स्थापनाका लागि सबैमा विशेष अनुरोध गर्दछु’ उनले भनेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

कपिलवस्तुमा कोरोना संक्रमितको संख्या निरन्तर घटदै

१ सय ५९ जना सकृय संक्रमित कपिलवस्तु ५ असारकपिलवसतुमा सकृय कोरोना सक्रमितको सख्या निरनतर घटदै गएको छ । स्वास्थ्य कार्यालय अनुसार शनिवार...

दोस्रो लहरमा रुपन्देहीमा ३१९ संक्रमितको मृत्यु, ।।

३० देखि ४९ वर्ष समूहका मात्रै २९ प्रतिशत ।।असार ५, भैरहवा–रुपन्देहीमा कोरोना भाइरस संक्रमणबाट हाल सम्म ४७६ जना कोरोना संक्रमितको मृत्यु भएको...

नेविसंघ र तरुण दल विपन्नको सहयोगमा जुट्दै ।।

५ असार कपिलवस्तु ।विपद् होस या अन्य समस्या समुदायमा देखिन साथ नेविसंघ र नेपाल तरुण दलका प्रतिनिधि समुदायमा पुने गर्दछन् ।विश्वभर...

प्रांगारिक खेती प्रर्बद्धन गर्न वाणगंगा २ का महिला कृषक समूहलाई उपकरण हस्तान्तरण ।।

पार्बती आचार्य कपिलवस्तु, ५ असार ।बाणगंगा नगरपालिका वडा नं. २ गोबडीहवास्थित ज्योती महिला कृषक समूहमा सञ्चालन भैरहेको...

Recent Comments