Home प्रदेश समाचार प्रधानमन्त्री ओलीले देश भड्खालोमा हाले : चित्रबहादुर केसी

प्रधानमन्त्री ओलीले देश भड्खालोमा हाले : चित्रबहादुर केसी

९ पुस, बुटवल ।
राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले प्रधानमन्त्री केपी ओलीले प्रतिनिधि सभा विघटन गरेर देशलाई भड्खालोमा हालेको टिप्पणी गरेका छन् ।बिहीबार बुटवलमा पत्रकारहरुसँग कुरा गर्दै नेता केसीले भने, ‘पार्टीभित्रको गुटको विवाद समाधान गर्न नसकेर संसद भंग गरी देशलाई भड्खालोमा हाल्ने काम संविधानमाथिको कू हो ।’
उनले ओलीको असंवैधानिक कदमलाई सर्वाेच्च अदालतले सच्चाएर प्रतिनिधि सभा पुनर्स्थापित गरेर निकास दिनुपर्ने बताए ।

जनमतको अपमान गर्ने अधिकार ओलीलाई नभएको भन्दै उनले सर्वोच्च अदालतले संसद पुनर्स्थापित गर्ने विश्वास व्यक्त गरे । कोरोना महामारीका कारण मुलुकको अर्थतन्त्र तहसनहस भएको बेला निर्वाचनमा अर्बाैं रकम खर्च गर्ने सामर्थ्य देशको नभएको केसीको तर्क छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

साउदी सरकार र नेपाल सरकार बिच हरेक क्षेत्रमा सुमधुर सम्बन्ध रहोस: मौलाना मशहूद

कपिलवस्तु, असोज, ७ साउदी अरब देशको ९१औ नेशनल डे को उवसरमा साउदी सरकार र साउदी...

उपाध्यक्ष मौलाना मशहूद र अल्कुफी ले संविधान दिवसको शुभकामना दिदै कार्यन्वयनमा ध्यान दिन आग्रह

कपिलवस्तु, असोज ३ आज असोज ३ गते अर्थात संविधान दिवस । २०६२,६३ कोे आन्दोलनको राजनीतिक परिवर्तपछि दोस्रो संविधान सभा...

चाइना उइगर मुस्लिम समुदाय माथि दमन गरि रहेको : प्रवक्ता अकरम पठान

कृष्णनगर/कपिलवस्तु भाद्र २७ जनता समाजवादी पार्टी नेपाल कृष्णनगर नगरसमितीको प्रथम पुर्ण बैठक शुद्धिकरण तथा जनजागरण...

नदिम अरशद इदरीसी द्वारा हरितालिका तिजको शुभकामना व्यक्त

कृष्णनगर, भाद्र २४ कपिलवस्तु जिल्लाको कृष्णनगर बस्ने जुझारू, कर्मठ, इमानदार, सेवाको भावना भएको, मानवतावादी व्यक्तित्व भएका युवा नेता...

Recent Comments