कपिलबस्तु, १० पौष
कपिलबस्तुमा जनता समाजबादी पाटीद्वारा राष्ट्रपति र प्रधानमन्त्रीको पुत्ला दहन गरिएको छ । राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीले असंवैधानिक तवरले संसद विघटन गरेको विरुद्धमा पुत्ला दहन गरेको हो ।
जनता समाजबादी पार्टी हिमाल, पहाड, तराई वा यो भुभागमा बस्ने आदीबासी, जनजाती मधेसी, मुश्लिम र थारु सबैको अधिकारका लागि यो निकम्मा सरकार, लोकतन्त्र विरोधी सरकारबाट संघार्ष गर्दै आएको जनता सामाजबादी पार्टीका जिल्ला अध्यक्ष कैलाश अग्रहरीले बताए । उनले भने जब सम्म हाम्रो अधिकारलाई संविधानमा सुनिश्चित हुदैन तब सम्म हाम्रो आन्दोलन जारी रहने बताए । राष्ट्रपति र प्रधानमन्त्रीले संसद विघटन पुर्णरुपमा असंवैधानिक काम गरेको पुत्ला दहनपछि कोणसभालाई सम्बोधन गर्दै जनता समाजवादी पार्टीका नेताहरु बताउछन् ।
जसपाद्वारा कपिलबस्तुको तौलिहवा, जितपुर, बहादुरगंज, चन्द्रौटा लबनी कृष्णनगर, महाराजगंज, विजयनगर, पकडी, मार्यादपुर र गोरुसिंगेमा राष्ट्रपति र प्रधानमन्त्रीको पुत्ला दहन गरिएको छ ।
जिल्ला प्रशासन आगडी कोणसभालाई सम्बोधन गर्दै नेता राम निवास यादवले आउने निर्बाचनमा कांग्रेस र नेकपाबाट सचेत हुनु पर्ने बताए ।
कार्यक्रममा जसपाका नेता डा.कालिपद शर्मा(जानसन), मधुसुदन शरण चौधरी, प्रदीप अग्रहरी, ओम प्रकाश यादव, इरफान खान, घनश्याम पाठक, लगायतको सहभागिता रहेको थियो । पूर्वनिर्धारित कार्यक्रम अन्तर्गत जसपा कपिलबस्तुले भोली (शनिबार) राके जुलसको समेत आयोजना गरेको छ ।