Home जिल्ला समाचार जसपाद्धरा राष्ट्रपति र प्रधानमन्त्रीको पुत्ला दहन

जसपाद्धरा राष्ट्रपति र प्रधानमन्त्रीको पुत्ला दहन

१० पुष कपिलवस्तु ।
जनता समाजावदी पार्टी नेपालले आज देशभरका ७७ वटै जिल्लाका स्थानिय तहहरुका मुख्य केन्द्रहरुमा राष्टपति र प्रधानमन्त्रीको पुत्ला दहन सँगै प्रर्दशन गरेको छ । यता कपिलवस्तुमा पनि जसपाका नेताहरुले जिल्लाका दशवटै स्थानिय तहमा राष्टपति र प्रधानमन्त्रीको पुत्ला दहन गरेका छन् । यता वाणगंगा नगरपालिकाको चारनम्बर जितपुरमा भएको प्रर्दशनका क्रममा जसपा नेताहरु र प्रहरी बिच केहीबेर तनावग्रस्त समेत बनेको थियो । प्रदैशनकारीहरुले पुत्ला दहन सँगै नाराबाजी गरेपछि प्रहरीले भिडलाई हटाउने कोशिस गरेको थियो । सो क्रममा केहीबेर तनावग्रस्त बनेको थियो । कार्यक्रताहरुले प्रहरी बिरुद्ध समेत नाराबाजी गरेका थिए ।


कपिलवस्तुका १० वटै स्थानिय तहका मुख्य केन्द्रहरुमा पुत्ला दहनसंगै बिरोध प्रर्दशन गरेको जसपाले प्रतिनिधि सभा विघठनको विषयलाई लिएर पार्टीको केन्द्रिय कार्यक्रम अनुसारनै प्रधानमन्त्री केपि ओली र राष्ट्रपति विद्या देवी भण्डारीको पुत्ला दहन सहित विरोध प्रर्दशन सँगै ¥याली निकालेको जनाएको छ ।सोहि क्रममा पार्टीका केन्द्रिय सदस्य नारायण खनालको नेतृत्वममा जिल्लाको बाणगंगा नगरपालिका चार नम्बर जितपुरमा पनि पुत्ला दहन संगै विरोध सभा गरिएको छ । केपि ओली मुर्दावाद, राष्ट्रपति मुर्दावाद, असंवैधानिक निर्णय खारेज गर लगायतका नारा संगै गरिएको ¥याली पछि कोणसभा गरिएको थियो ।


कोणसभामा जसपा केन्द्रिय सदस्य नारायण खनालले यस अघि निर्वाचनमा जनताले पुर्ण विश्वासका साथ दुई तिहाईको मत दिएर पनि देशलाई समृद्ध तथा जनतालाई खुसी पार्नु त कता हो कता उल्टै संविधान माथि नै नेकपा सरकारले आक्रमण गरेको बताए । केन्द्रिय सदस्य खनालले निर्वाचन भनेको जनता स्वत स्फुर्त रुपमा सहभागि हुने एउटा पर्व भएकाले यसको पनि तयारी, विधि र पद्धति हुने बताए । उनले आन्तरिक विवादका कारण संसद विघटन जस्तो अलोकतान्त्रिक कार्य नेकपा सरकारले गरेकाले देशैभर विरोध प्रदर्शन गर्ने बताए ।


पर्टीका केन्द्रिय सल्लाहकार तथा पुर्व सांसद राम लौटन तिवारीले यस अघि विभिन्न शासन आए पनि नेकपा सरकार जस्तो हस्तक्षेपकारी शासन नभएको बताए । जुन शासन पनि विधि पद्धति अनुसार बढेको भन्दै झन् लोकतन्त्र सहितको संविधान माथि केपी नेतृत्वको सरकारले अपमान गरेको बताए । पुर्व सांसद तिवारीले यो सरकारको कदम विरुद्ध जस्तोसुकै आन्दोलन गर्न तयार रहेको बताए त्यस्तै जसपा लुम्बिनी प्रदेश उपाध्यक्ष डा. अब्दुल रसिद खाँले सरकारको असंवैधानिक कदम प्रति जसपा निरन्तर विरोध गरिरहने बताए ।

उनले ठुला भनिएका दलहरुले प्रदर्शन गर्दा सुरक्षाकर्मीले केहि नगर्ने जसले दुःखी गरिव, जनताको पक्षमा वकालत गर्छ उसलाईहस्तक्षेप गरेको भन्दै विरोध गरे । पार्टी जिल्ला अध्यक्ष शैलेन्द्र यादवले राजनितिक ज्ञान विना पुरानै सत्तावादी नेता केपी ओली र विद्यादेवी भण्डारीले यस देशको लोकतन्त्र, संविधान माथि प्रहार हुने कार्य गरेको बताए । उनले जसपा निर्वाचनबाट डराएको भाग्न खाजेको नभई पार्टी भित्रको आन्तरिक किचलोका कारण जनतालाई धोका दिन नहुने बताए । अध्यक्ष यादवले नेकपाले जनताको अभिमतको अपमान गरेको यो जसपालाई सैह्य नहुने बताउदै घोर भत्र्सना गर्ने बताए ।
कार्यक्रममा पार्टीका जिल्ला, वाणगंगा नगर समिति लगायतको नेता तथा कार्यकर्ताहरुको उपस्थिती रहेको थियो ।


यसैबिच जनता समाजवादी पार्टी नेपाल कपिलवस्तुले पुष ११ र १२ गते पनि जिल्लाका विभिन्न स्थानमा मलाश जुलुस सँगै जनप्रर्दशन गर्ने पनि जनाएको छ । प्रतिनिधि सभाको विघटन असम्बैधानिक र अलोकतान्त्रिक भएको भन्दै जसपाले देशभर विरोधका कार्यक्रम सार्वजनिक गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

साउदी सरकार र नेपाल सरकार बिच हरेक क्षेत्रमा सुमधुर सम्बन्ध रहोस: मौलाना मशहूद

कपिलवस्तु, असोज, ७ साउदी अरब देशको ९१औ नेशनल डे को उवसरमा साउदी सरकार र साउदी...

उपाध्यक्ष मौलाना मशहूद र अल्कुफी ले संविधान दिवसको शुभकामना दिदै कार्यन्वयनमा ध्यान दिन आग्रह

कपिलवस्तु, असोज ३ आज असोज ३ गते अर्थात संविधान दिवस । २०६२,६३ कोे आन्दोलनको राजनीतिक परिवर्तपछि दोस्रो संविधान सभा...

चाइना उइगर मुस्लिम समुदाय माथि दमन गरि रहेको : प्रवक्ता अकरम पठान

कृष्णनगर/कपिलवस्तु भाद्र २७ जनता समाजवादी पार्टी नेपाल कृष्णनगर नगरसमितीको प्रथम पुर्ण बैठक शुद्धिकरण तथा जनजागरण...

नदिम अरशद इदरीसी द्वारा हरितालिका तिजको शुभकामना व्यक्त

कृष्णनगर, भाद्र २४ कपिलवस्तु जिल्लाको कृष्णनगर बस्ने जुझारू, कर्मठ, इमानदार, सेवाको भावना भएको, मानवतावादी व्यक्तित्व भएका युवा नेता...

Recent Comments