Home समाचार संसद पुनर्स्थापनाका लागि सडक आन्दोलन : कांग्रेस

संसद पुनर्स्थापनाका लागि सडक आन्दोलन : कांग्रेस

१२ पुस, काठमाडौं ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पछिल्लो राजनीतिक घटनाक्रमबारे महामन्त्री शशांक कोइरालासँग छलफल गरेका छन् ।संसद विघटनको विरोधमा देशभर प्रदर्शन गर्नु अघिल्लो दिन देउवाले आफ्नो कोर टिमसहित कोइरालासँग छलफल गरेका हुन् । देउवा निवास बूढानीलकण्ठमा भएको छलफलमा केन्द्रीय सदस्य डा. मिनेन्द्र रिजाल पनि सहभागी थिए ।


वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले संसद विघटन असंवैधानिक भएकाले संसद पुनर्स्थापनाका लागि सडक आन्दोलन गर्नुपर्नेमा जोड दिएको छ । तर सभापति देउवा र उनी निकट नेताहरुले भने यो विषय सर्वोच्च अदालतमा विचाराधीन भएको भन्दै प्रतिनिधिसभा पुनर्स्थापनाको मुद्दा चर्काउन चाहेको छैन ।त्यही कारण देउवामाथि पार्टीभित्रैबाट संसद विघटन गरेर मध्यावधि चुनावको घोषणा गरेका प्रधानधान्त्री केपी शर्मा ओलीलाई सघाउन खोजेको आरोप लागेको छ । विवादास्पद अध्यादे ल्याएर संवैधानिक निकायहरुमा गरिएको नियुक्ति सिफारिसलाई लिएर पनि सभापति देउवामाथि आशंका गर्ने गरिएको छ ।


स्रोतका अनुसार पार्टीको यो विवादमा देउवाले महामन्त्री कोइरालाको साथ खोजेका छन् । तर महामन्त्री कोइरालाले यसबारे ठोस जवाफ नदिएको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

साउदी सरकार र नेपाल सरकार बिच हरेक क्षेत्रमा सुमधुर सम्बन्ध रहोस: मौलाना मशहूद

कपिलवस्तु, असोज, ७ साउदी अरब देशको ९१औ नेशनल डे को उवसरमा साउदी सरकार र साउदी...

उपाध्यक्ष मौलाना मशहूद र अल्कुफी ले संविधान दिवसको शुभकामना दिदै कार्यन्वयनमा ध्यान दिन आग्रह

कपिलवस्तु, असोज ३ आज असोज ३ गते अर्थात संविधान दिवस । २०६२,६३ कोे आन्दोलनको राजनीतिक परिवर्तपछि दोस्रो संविधान सभा...

चाइना उइगर मुस्लिम समुदाय माथि दमन गरि रहेको : प्रवक्ता अकरम पठान

कृष्णनगर/कपिलवस्तु भाद्र २७ जनता समाजवादी पार्टी नेपाल कृष्णनगर नगरसमितीको प्रथम पुर्ण बैठक शुद्धिकरण तथा जनजागरण...

नदिम अरशद इदरीसी द्वारा हरितालिका तिजको शुभकामना व्यक्त

कृष्णनगर, भाद्र २४ कपिलवस्तु जिल्लाको कृष्णनगर बस्ने जुझारू, कर्मठ, इमानदार, सेवाको भावना भएको, मानवतावादी व्यक्तित्व भएका युवा नेता...

Recent Comments