ट्याक्टर समिति कपिलवस्तुको महासचिवमा खनाल निर्विरोध, कोषाध्यक्षमा गिरी चयन


facebook sharing button
twitter sharing button
whatsapp sharing button

१२ पुष, कपिलबस्तु ।
नेपाल किसान ट्याक्टर समिति कपिलवस्तुको महासचिवमा झविन्द्र खनाल निर्विरोध चयन हुनु भएको छ । बाणगंगा नगरपालिका वडा नम्बर ८ बोडगाउँमा जारी समितिका आठौँ अधिवेशनले महासचिव पदमा खनाललाई निर्विरोध चयन गरेको हो ।

यद्यपी महासचिवमा वडा नम्बर ८ का सन्तोष मरासिनीले पनि उम्मेदवारी दिनु भएको थियो । दुई उम्मेदवारबीच चुनाव हुने स्थिति भए पनि अन्तिममा सहमतिबाट महासचिव पदको टुङ्गो लागेको हो । यस्तै समितिको कोषध्यक्षमा विष्णु गिरी पनि निर्विरोध चयन हुनु भएको छ । समितिको अध्यक्षको भने अझै छिनोफानो भएको छैन । अध्यक्ष पदमा शंकर पौडेल र मनोहर कुमार योगी बीच चुनाव हुने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

नेपाली महिलाको कपडा च्यातिदिएपछि सिमामा प्रदर्शन

भैरहवा २० फागुन ।  हिजो साझ भारतीय सिमा सुरक्षा बलका प्रहरीले स्थानीय महिलाको कपडा च्यातिदिएपछि नेपाल भारत...

सन्धिखर्क नगरपालिकाले कृषकलाई बिना धितो कृषि ऋण प्रदान गर्ने ।।

अर्घाखाँची १९ फागुनसन्धिखर्क नगरपालिकाले व्यावसायिक कृषि गर्ने कृषकहरुलाई बिना धितो सुलभ ब्याजदरमा कृषि ऋण प्रदान गर्ने भएको छ । विदेशबाट फर्किएका र...

अमेरिका र मेक्सिकोको सीमा क्षेत्रमा दुर्घटनामा १३को मृत्यु

काठमाडौ :  अमेरिका र मेक्सिकोको सीमा क्षेत्रमा भएको एक सवारी दुर्घटनामा कम्तिमा १३ जनाको मृत्यु भएको छ।उनीहरुमध्ये १०...

म्यानमारमा सुरक्षाफौजको गोली लागेर ३८ जनाको मृत्यु

काठमाडौं :  म्यानमारमा लोकतन्त्रमाथि कू गरेको सैनिक शासक क्रुर बन्दै गएको छ। प्रजातन्त्रका पक्षमा सहभागी प्रदर्शनकारीमाथि सुरक्षा फौजले गरेको...

Recent Comments