



राधा पाण्डे कपिलवस्तु, पुस १३
प्रतिनिधिसभा विघटनविरुद्ध प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आज कपिलवस्तु लगायत देशभर प्रदर्शन गरेको छ ।
एक सय ६५ वटा निर्वाचन क्षेत्रमा प्रदर्शन सुरु गरिएको कांग्रेसले जनाएको छ ।
जिल्लामा रहेका नेपाली कंग्रेसका नेता कार्यकर्ता तथा विभिन्न भातृ संगठनहरु त्था सुभेच्छुक संगठनहरुले केपी ओली सरकारको नेतृत्वको एकलौटी कदम र नेकपाको विरोध प्रदर्शन गरेका हुन् ।
आज कपिलवस्तुको बुद्ध रंगशालाबाट सुरु भएको र्याली जितपुर बजार परिक्रमा गरी ४ नं चोकमा आई कोणसभामा परिणत भएको थियो ।
हजारौं संखयामा उपस्थित भएका नेपाली कांग्रेशका नेता कार्यकर्ताहरुले सरकारको विरुद्धमा लेखिएका प्ले कार्ड, ब्यानर, पार्टीका झण्डा र चर्का नाराबाजी सहित आक्रोशित हुँदै विरोध प्रदर्शन गरेको नेपाली कंग्रेस क्षेत्र नं १ क्षेत्रीय समितिले जनाएको छ ।