Home समाचार ओलीको तानाशाही प्रवृत्तिले देश दुर्घटनामा : झाँक्री

ओलीको तानाशाही प्रवृत्तिले देश दुर्घटनामा : झाँक्री

१४ पुस, सुर्खेत ।
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड-माधव समुहकी नेतृ रामकुमारी झाँक्रीले प्रधानमन्त्री केपी शार्मा ओली तानाशाही बनेको आरोप लगाएकी छन् ।वीरेन्द्रनगरमा मंगलबार आयोजित विरोधसभालाई सम्बोधन गर्दै नेतृ झाँक्रीले ओलीले तानाशाही बनेर विधिको शासनभन्दा पनि व्यक्तिको शासन लाद्न खोज्दा देश दुर्घटनामा परेको टिप्पणी गरिन् ।
‘कमरेड ओलीलाई हेक्का रहोस् हामीले व्यक्तिले शासन गर्ने व्यवस्था अन्त्य गरिसकेका छौं,’ उनले भनिन्, ‘हिजो जनआदेशका अगाडि ज्ञानेन्द्रले घुँडा टेकेका थिए । चिन्ता नगर्नुस् कमरेड तपाईंलाई पनि हामी घुँडा टेकायरै छोड्छौं ।’ओलीको तानाशाही प्रवृत्ति उनकै लागि घातक भएको झाँक्रीले बताइन् । ओलीले असंवैधानिक रूपमा विघटन गरेको प्रतिनिधि सभा पुनर्स्थापना नभए नेपालको संविधान, प्रणाली र सार्वभौमिकता नै नरहने उनको भनाइ छ ।
‘प्रधानमन्त्री र प्रधानन्यायाधीश बीच केही सेटिङ भएको हल्ला सुन्छु । म चाहान्छु त्यो झुटो होस्,’ उनले भनिन्, ‘संसद पुनर्स्थापना नभए मुलुकको सार्वभौमता नै रहँदैन, संविधान नै रहँदैन र त्यो हाम्रा लागी मान्य पनि हुनेछैन् ।’उनले हतारमा घोषणा गरिएको पार्टी एकता त्रुटिपूर्ण भएकाले अहिले नेकपा विभाजनको बाटोमा गएको बताइन् ।प्रधानमन्त्री ओलीको संसद विघटनको कदम असंवैधानिक भएको र पार्टी विभाजन हुँदा पनि ६० प्रतिशत दाबी गर्नु ओलीको मूर्खता भएको उनको भनाइ थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

अक्सिजन नपाएर अस्पतालमै ८ संक्रमितको मृत्यु

30 वैशाख, बुटवल । रुपन्देहीका अस्पतालमा उपचाररत ८ जना कोरोना संक्रमितको अक्सिजन नपाएर मृत्यु...

बैशाख ३० मा रमजान र ३१ शुक्रवारका दिन ईद उल फितर मनाइने: राष्ट्रीय मदरसा संघ नेपाल

२९, बैशाख, कपिलवस्तु आज नेपालको कुनै पनि भागमा चन्द्रमा देखिएन न त छिमेकी...

कपिलवस्तुमा जेष्ठ १० सम्म निषेधाज्ञा

२०७८ बैशाख २९ , कपिलवस्तु कपिलवस्तुमा बैशाख ३१ गतेसम्मको निषेधाज्ञा (लकडाउन) जेष्ठ १० सम्म थप हुने भएको छ...

तौलिहवा अस्पतालमा आउने अक्सिजन हाईज्याक, उपचाररत ५५ जनाको जीवन रक्षा गर्न अधिकारकर्मीको माग

कपिलवस्तु २८ बैशाख । कपिलवस्तु अस्पताल तौलिहवामा नियमित रुपमा आउने गरेको ५० सिलिण्डर अक्सिजन रुपन्देही प्रशासनको आदेशमा हाई ज्याक...

Recent Comments