१४ पुस, काठमाडौं ।
प्रतिनिधिसभा विघटनको विरुद्ध राप्रपाले १७ पुसमा काठमाडौंमा विरोध प्रदर्शन गर्ने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपतिले प्रतिनिधिसभा विघटन गरेपछि देश अत्यन्त गम्भीर संवैधानिक तथा राजनीतिक संकटमा फसेको भन्दै विरोध प्रदर्शन गर्न लागेको राप्रपाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
राप्रपाले अंगिकार गरेका एजेन्डाहरूलाई सुन्न समेत नचाहने तप्कामा समेत पार्टीका एजेन्डाहरूको विषयमा बहस सुरू हुनु सुखद् रहेको राप्रपा नेता मोहन श्रेष्ठ बताउँछन् ।आन्दोलन जनपरिचालन समितिका संयोजक राप्रपा वरिष्ठ नेता बुद्धिमान तामाङले कार्यकर्ता मात्रै होइन परिवर्तनका पक्षमा रहेका जनतालाई समेत कार्यक्रममा आउन आग्रह गरे ।