Home समाचार ७०८ जनामा कोरोना संक्रमण

७०८ जनामा कोरोना संक्रमण

१४ पुस, काठमाडौं ।
पछिल्लो २४ घण्टामा ७०८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६१३५ जनामा गरिएको परीक्षणमा ४३८ पुरुष र २७० जना महिला गरी ७०८ जनामा संक्रमण पुष्टि भएको हो ।

योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या २ लाख ५९ हजार ५४८ पुगेको छ । पछिल्लो २४ घण्टामा कोराना भाइरस संक्रमणमुक्त हुनेको संख्या ७३१ रहेको छ । हालसम्म संक्रमणमुक्त हुनेको संख्या २ लाख ५१ हजार ३१२ रहेको छ । सक्रिय संक्रमितको संख्या ६३९६ रहेको छ ।कोरोना भाइरस संक्रमणका कारण पछिल्लो २४ घण्टामा ८ जनाको मृत्यु भएको छ । हालसम्म मृत्यु हुनेको संख्या १८४० रहेको मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा काठमाडौं जिल्लामा ३२४, ललितपुरमा ५२ र भक्तपुरमा २२ जना संक्रमित भेटिएका छन् । त्यस्तै बाँकेमा ३८, रुपन्देहीमा ३७, कैलालीमा २६, मोरङमा २१, कास्कीमा १९, दाङ र कञ्चनपुरमा १६/१६, चितवन र सुनसरीमा १४/१४, बर्दियामा ११ र पाल्पामा १० जना संक्रमित भेटिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

कपिलवस्तुमा निषेधाज्ञा अवज्ञा गर्ने १ सय ३ वटा सवारी साधन प्रहरी नियन्त्रणमा ।।

ओम प्रकाश पौडेल । कपिलवस्तु । २४ वैशाख ।निधेषाज्ञा उल्लंघन गर्ने विभिन्न सवारी साधनलाई आज पनि कपिलवस्तु प्रहरीले नियन्त्रणमा लिएको छ ।...

कपिलवस्तुमा कोरोना संक्रमणबाट थप ५ जनाको मृत्यु ।।

ओम प्रकाश पौडेल । कपिलवस्तु ।कोरोना संक्रमणका कारण कपिलवस्तुमा पछिल्लो २४ घण्टामा थप ५ जनाको ज्यान गएको छ । ज्यान जानेमा कपिलवस्तु...

३ दर्जन वित्तिय सस्थाको एक हप्ता बन्द गर्ने निर्णय

कपिलवस्तु २४ वैशाख। वित्तिय सस्थाहरुमा जोखीम उच्च भएको भन्दै स्थानीय पालिकासंग बन्द गर्ने ब्यवस्था मिलाउन ती सस्थाले निरन्तर दिदै...

लुम्विनीका कोरोना अस्पतालमा ६ सय स्वास्थ्यकर्मी थप हुदै

बुटवल  २३ बैशाख । लुम्बिनी प्रदेश सरकारले स्वास्थ्यतर्फ ५ सय ८३ जनशक्ति थप गर्ने भएको छ। चार कोरोना...

Recent Comments