Home जिल्ला समाचार कपिलवस्तुमा वन उपभोक्ताहरुले पुर्व पश्चिम राजमार्ग अबरुद्ध

कपिलवस्तुमा वन उपभोक्ताहरुले पुर्व पश्चिम राजमार्ग अबरुद्ध

१६ पुष कपिलवस्तु
वैज्ञानिक वन व्यवस्थापनमा लगाएको रोक फिर्ता नलिएको भन्दै कपिलवस्तुमा वन उपभोक्ताहरुले प्रदर्शन गरेका छन् । उनीहरुले आज कपिलवस्तुको पुर्वि सिमाना कोठि खोला नजिकै पुर्व पश्चिम राजमार्ग अबरुद्ध गरेका हुन । सामुदायिक तथा साझेदारी बनका उपभोक्ताहरुले सरकारले गरेको निर्णय बिरुद्ध प्रर्दशन गरेका थिए । संजालले कपिलवस्तु जिल्लाभर पौष १६ गते सम्पूर्ण यातायात बन्दको घोषणा गरेता पनि यातायात बन्द भने भएन । तर प्रदर्शनमा उत्रियका प्रदर्शनकारीहरुलाई नियन्त्रण गर्नका लागि कपिलवस्तु प्रहरीले बुधबार बिहानै देखि ठाउँ ठाउँमा प्हरी तैनाथ गरेको थियो ।

हजारौंको संख्यामा प्रदर्शनमा उत्रिएका प्रदर्शनकारीहरुले वैज्ञानिक वन व्यवस्थापन सहित देशभरी काठजन्य वस्तुमा लगाएको प्रतिबन्ध फुकुवा गर्न पटक पटक माग गरेपनि त्यसलाई सरकारले बेवास्ता गरेका कारण सडकमा उत्रिन परेको आक्रोश व्यक्त गरेका थिए ।जेष्ठ १५ गते गरेको मन्त्रीपरिषदको निर्णय असान्दर्भीक, हचुवाको भरमा ल्याइएको, यो नीतिले विदेशी काठको आयात बढ्ने र नेपाली काठ जंगलमै कुहिने अवस्था आएकोले निर्णय सच्याउन आग्रह गरेको समितिका संयोजक रेनु सेनले जानकारी दिनुभयो ।

उहाँले पटक पटक आन्दोलन गर्दा समेत सुनुवाई नभएको कारण आफुहरु सडकमा आउनु परेको बताउनु भयो ।सरकारले जेष्ठ १५ गते देशका विभिन्न क्षेत्रमा काठ ओसारपसार गर्ने कार्यमा बनक्षेत्रको दुरुपयोग भएको भन्दै सबै काम तत्काल रोक्न र जे जहाँ छ त्यहि राख्ने निर्देशन सहितको निर्णय गरेको थियो । उक्त निर्णयको देशभर अहिले विरोध भइरहेको छ ।

देशभरका साझेदारी बन, वैज्ञानिक वन व्यावस्थापन लागू भएका सामुदायिक बन, बन पैदावार व्यवसायी महासंघ, बन सम्बद्ध संघ संस्थाहरुले समेत सरकारको निर्णय गलत भएको भन्दै सच्याउन दबाब दिदै आएका छन् । हजारौंको संख्यामा प्रदर्शनमा उत्रिएका प्रदर्शनकारीहरु र प्रहरी बिच झडपको अवस्था सिजर्ना भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

कपिलवस्तुमा कोरोना संक्रमितको संख्या निरन्तर घटदै

१ सय ५९ जना सकृय संक्रमित कपिलवस्तु ५ असारकपिलवसतुमा सकृय कोरोना सक्रमितको सख्या निरनतर घटदै गएको छ । स्वास्थ्य कार्यालय अनुसार शनिवार...

दोस्रो लहरमा रुपन्देहीमा ३१९ संक्रमितको मृत्यु, ।।

३० देखि ४९ वर्ष समूहका मात्रै २९ प्रतिशत ।।असार ५, भैरहवा–रुपन्देहीमा कोरोना भाइरस संक्रमणबाट हाल सम्म ४७६ जना कोरोना संक्रमितको मृत्यु भएको...

नेविसंघ र तरुण दल विपन्नको सहयोगमा जुट्दै ।।

५ असार कपिलवस्तु ।विपद् होस या अन्य समस्या समुदायमा देखिन साथ नेविसंघ र नेपाल तरुण दलका प्रतिनिधि समुदायमा पुने गर्दछन् ।विश्वभर...

प्रांगारिक खेती प्रर्बद्धन गर्न वाणगंगा २ का महिला कृषक समूहलाई उपकरण हस्तान्तरण ।।

पार्बती आचार्य कपिलवस्तु, ५ असार ।बाणगंगा नगरपालिका वडा नं. २ गोबडीहवास्थित ज्योती महिला कृषक समूहमा सञ्चालन भैरहेको...

Recent Comments