Home प्रदेश समाचार युनिभर्सल पिस केन्द्र निर्माणमा कुलमान घिसिङको ऐक्यबद्धता

युनिभर्सल पिस केन्द्र निर्माणमा कुलमान घिसिङको ऐक्यबद्धता

पुस १५ रुपन्देही ।
विद्युत प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङ बुद्धको जन्मस्थल लुम्बिनीमा ‘महासिद्ध सेन्चुरी फर युनिभर्सल पिस’ केन्द्र निर्माण अभियानमा ऐक्यबद्धता जनाएका छन् ।लुम्बिनीमा बुधबार भएको कार्यक्रममा घिसिङले केन्द्रका परिकल्पनाकार श्यालपा तेन्जिङ रिन्पोचेलाई एक रुपैयाँ दान दिएर अभियानमा ऐक्यवद्धता जनाएका हुन् ।


लागि महत्त्वपूर्ण भएकाले निर्माणमा अपनत्व लिएर आ–आफ्नो क्षेत्रबाट सहयोग गर्न आग्रह गरेका छन् । नेपालमा एक रुपैयाँ र अन्यत्र एक अमेरिकी डलर दान अभियान चलाएर केन्द्रका संरचना निर्माण गर्न सुरु गरिएको छ । अभियान गत कात्तिकमा सुरु गरिएको थियो । कार्यक्रममा रिन्पोचेले सबैको सहभागिता र अपनत्व हुने गरी अभियानमार्फत केन्द्रको स्थापना गरेर लुम्बिनीलाई विश्व शान्तिको मुहान बनाउन लागिएको बताए


युनिभर्सल पिस केन्द्रमा दुई हजार बढी क्षमताको अन्तराष्ट्रियस्तरको सभाकक्ष, शान्ति वार्ता र ध्यान कक्ष, पुस्तकालय र संग्रहालय हुने छन् । विभिन्न मुलुकका सोधकर्ताहरु रहने खोज अनुसन्धान केन्द्र रहने छ ।विश्वभरका शान्तिप्रेमी बौद्ध धर्मावलम्बी लगायत अन्य धर्म र संस्कृतिसँग सम्बन्धित साधकहरुले समेत साधना गर्ने स्थलको रुपमा दुई वर्ष अघिबाट गुम्बाको निर्माण सुरु गरिएको हो । लुम्बिनीमा निर्माण गरिएको कोरियन गुम्बाको पछाडि यो केन्द्र निर्माण भइरहेको छ ।
3

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

साउदी सरकार र नेपाल सरकार बिच हरेक क्षेत्रमा सुमधुर सम्बन्ध रहोस: मौलाना मशहूद

कपिलवस्तु, असोज, ७ साउदी अरब देशको ९१औ नेशनल डे को उवसरमा साउदी सरकार र साउदी...

उपाध्यक्ष मौलाना मशहूद र अल्कुफी ले संविधान दिवसको शुभकामना दिदै कार्यन्वयनमा ध्यान दिन आग्रह

कपिलवस्तु, असोज ३ आज असोज ३ गते अर्थात संविधान दिवस । २०६२,६३ कोे आन्दोलनको राजनीतिक परिवर्तपछि दोस्रो संविधान सभा...

चाइना उइगर मुस्लिम समुदाय माथि दमन गरि रहेको : प्रवक्ता अकरम पठान

कृष्णनगर/कपिलवस्तु भाद्र २७ जनता समाजवादी पार्टी नेपाल कृष्णनगर नगरसमितीको प्रथम पुर्ण बैठक शुद्धिकरण तथा जनजागरण...

नदिम अरशद इदरीसी द्वारा हरितालिका तिजको शुभकामना व्यक्त

कृष्णनगर, भाद्र २४ कपिलवस्तु जिल्लाको कृष्णनगर बस्ने जुझारू, कर्मठ, इमानदार, सेवाको भावना भएको, मानवतावादी व्यक्तित्व भएका युवा नेता...

Recent Comments