१८ पुस, बिराटनगर ।
नेकपा प्रचण्ड-माधव समूहका नेता जनार्दन शर्माले प्रधानमन्त्री केपी शर्मा ओली लम्पसारवादी एवं कठपुतली भएको बताएका छन् ।बिराटनगरमा शनिबार आयोजित जिल्लास्तरीय कार्यकर्ता भेलालाई सम्वोधन गर्दै शर्माले ओलीलाई विदेशीको इशारामा चलेको कठपुतली भएको आरोप लगाए ।‘
उनी लम्पसारवादी, कठपुतली हुन् । यो देशमा कोही निरीह प्राणी छ भने ओली हुन्’ शर्माले भने, ‘उनलाई आवश्यक रहुञ्जेल प्रयोग गर्छन् र फालिदिन्छन् ।
शर्माले अगाडि भने, ‘केपी ओली विषालु गोमन सर्प रहेछन्, उनले कम्युनिस्ट आन्दोलनलाई डसे ।’