Home जिल्ला समाचार जेष्ठ नगरिकलाई न्यानो सल वितरण

जेष्ठ नगरिकलाई न्यानो सल वितरण

१७ पुष, कपिलवस्तु
वाणगंगा नगरपालिका वडा नं ७ का वडा अध्यक्ष विष्णु गिरिले जेष्ठ नगरिकलाई न्यानो कपडा वितरण गरेर उल्लेखनीय कार्य गरेको संविधान सभा सदस्य बलराम अधिकारीले बताउनुभयो । ७० वर्षभन्दा माथिका जेष्ठ नागरिकहरुलाई सम्मान कार्यक्रममा उहाँले समाजमा गरेका राम्रा कामको छाप पछि सम्म पर्ने भएकाले यस्तै उल्लेखनीय कार्य गर्न जरुरी रहेको स्पष्ट पार्नुभएको हो । केपी ओली नेतृत्वको सरकार आएपछि विकास निर्माणको कामले फड्को मारेको तर्क गर्दै सीमा मिचिने र नाकाबन्दी कहिल्यै नहुने समेत संविधान सभा सदस्य अधिकारीले दावी गर्नुभयो ।
कार्यक्रममा वाणगंगा नगरपालिका वडा नं ७ का वडा अध्यक्ष विष्णु गिरिले भौतिक पूर्वाधारसँगै लक्षित कार्यक्रमले सुखी नेपाली समृद्ध नेपालको सपना साकार हुने बताउनुभयो । उहाँले न्यानो सल वितरण कार्यक्रममा रचनात्मक र सिर्जनात्मक दुवै हिसावले वडालाई नगरकै समृद्ध वडा बनाउने जिकिर गर्नुभयो । स्थानीयको सल्लाह सुझाव अनुसार हिजो, आज कार्य गर्दै आएको र भोलीका दिनहरुमा अगाडी बढ्ने स्पष्ट पार्नुभयो । खारखानीको पिकनिक स्पोर्टको कार्यलाई आगामी हप्ताबाट नै अगाडी बढाउने अध्यक्ष गिरिको भनाई छ । आगामी दिनमा २४५ सुकुम्बासी घर परिवारलाई विद्युत मिटर वितरण गर्ने योजना रहेको बताउँदै नमुना वडा बनाउन आफूले कुनै कसर बाँकी नराख्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
यस्तै नगरका प्रमुख प्रशासकीय अधिकृत गेहेन्द्र बहादुर डाँगीले र समाजसेवी नेत्र गिरीले जीवन यात्रामा मानवले गर्नुपर्ने कर्म वडाले गरेको भन्दै प्रशसा गर्नुभयो ।कार्यक्रममा भत्ता खाइसकेका ७० वर्ष भन्दा माथिका २५० जना जेष्ठ नागरिकहरुलाई न्यानो सल र मास्क वितरण गरिएको थियो । यस्तै गिरिले पत्रकारहरुलाई समेत दोसल्ला ओढाएर सम्मान समेत गर्नुभएको थियो । जेष्ठ नागरिकहरु वडाले गरेको कार्यको प्रशंसा गर्दै गिरिलाई आशिर्वाद समेत दिएका थिए ।

वडा अध्यक्ष विष्णु गिरिको अध्यक्षता रहेको कार्यक्रमको संचालन सचिव कृष्णप्रसाद खनालले गर्नुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

अक्सिजन नपाएर अस्पतालमै ८ संक्रमितको मृत्यु

30 वैशाख, बुटवल । रुपन्देहीका अस्पतालमा उपचाररत ८ जना कोरोना संक्रमितको अक्सिजन नपाएर मृत्यु...

बैशाख ३० मा रमजान र ३१ शुक्रवारका दिन ईद उल फितर मनाइने: राष्ट्रीय मदरसा संघ नेपाल

२९, बैशाख, कपिलवस्तु आज नेपालको कुनै पनि भागमा चन्द्रमा देखिएन न त छिमेकी...

कपिलवस्तुमा जेष्ठ १० सम्म निषेधाज्ञा

२०७८ बैशाख २९ , कपिलवस्तु कपिलवस्तुमा बैशाख ३१ गतेसम्मको निषेधाज्ञा (लकडाउन) जेष्ठ १० सम्म थप हुने भएको छ...

तौलिहवा अस्पतालमा आउने अक्सिजन हाईज्याक, उपचाररत ५५ जनाको जीवन रक्षा गर्न अधिकारकर्मीको माग

कपिलवस्तु २८ बैशाख । कपिलवस्तु अस्पताल तौलिहवामा नियमित रुपमा आउने गरेको ५० सिलिण्डर अक्सिजन रुपन्देही प्रशासनको आदेशमा हाई ज्याक...

Recent Comments