Home खेलकुद पूर्व क्लब मेलवर्न स्टार्सको २ विकेट सन्दीपले दिए

पूर्व क्लब मेलवर्न स्टार्सको २ विकेट सन्दीपले दिए

पुष १८ काठमाडौं ।
स्पिनर सन्दीप लामिछानेले होबार्टको डेब्यू खेलमै २ विकेट लिएका छन् । अष्ट्रेलियाको बिग बास लिग (बीबीएल)मा शनिबार होबार्टले मेलवर्न स्टार्सलाई २१ रनले पराजित गर्दा सन्दीपले २ विकेट लिएका हुन् ।


उनले पूर्व क्लब मेलबर्नका हिल्टन कार्टराइट र बेन डंकको विकेट लिएका हुन् ।४ ओभर बलिङ गरेका उनले ३८ रन खर्चिएका थिए ।होबार्टको जितमा डेविड मालान र स्कट बोलाण्डले उत्कृष्ट प्रदर्शन गरे ।टस हारेर पहिले ब्याटिङ गरेको होबार्टले मालानको ७५ रन मद्दतमा ६ विकेट गुमाएर १६४ रन बनायो । जवाफमा स्टार्सले २० ओभरमा ९ विकेट गुमाएर १४३ रन मात्र बनाउन सक्यो । स्टार्सका कप्तान ग्लेन म्याक्सवेलले ७० रन बनाएपनि हार टार्न सकेनन् ।


होबार्टका लागि बलिङमा बोल्याण्डले ४ ओभरमा २२ रन खर्चेर ३ विकेट लिए । सन्दीप र नाथन एलिसले समान २-२ विकेट लिए । जितपछि ७ खेलबाट १८ अंक जोड्दै होबार्ट दोस्रो स्थानमा उक्लिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

राष्ट्रीय मदरसा संघ नेपाल द्वारा ईद उल अज़हां(बकरा ईद)को शुभकामना व्यक्त

कृष्णनगर, कपिलवस्तु मुस्लिम धर्मावलंबी हरूले मनाउने महत्वपूर्ण चाड बकर इदको उपलक्ष्यमा राष्ट्रीय मदरसा संघ नेपालका...

बकर इदमा सार्वजनिक बिदा दिने मन्त्रिपरिषद्को निर्णयको राष्ट्रीय मदरसा संघ द्वारा स्वागत

कृष्णनगर, कपिलवस्तु सरकारले साउन ६ गते सार्वजनिक बिदा दिएको छ। सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले मुस्लिम...

मर्कजे अहले सुन्नत दरगाहें आला हजरत बरेलीको सहयोगले नेपालको गरिब परिवारमा राहत वितरण

कृष्णनगर/कपिलवस्तु कपिलवस्तुको कृष्णनगरमा रहेको अल जामियातुल बरकातिया लिलबनातमा कृष्णानगर नगरपालिका कोरोना प्रभावित गरिब पीड़ित असहाय...

Recent Comments