Home जिल्ला समाचार स्वर्गिय प्रमोदराज शर्मा स्मृती पत्रकारिता पुरस्कार कोहार र खटिकलाई

स्वर्गिय प्रमोदराज शर्मा स्मृती पत्रकारिता पुरस्कार कोहार र खटिकलाई

पुष १७ , कपिलवस्तु
कपिलवस्तुको तौलिहवामा स्वर्गिय प्रमोदराज शर्मा स्मृती पत्रकारिता पुरस्कार बितरण गरिएको छ । नेपाल प्रेस युनियन कपिलवस्तु शाखाले हरेक बर्ष बितरण गर्ने पुरस्कार जिल्लाका दुई सञ्चारकर्मीलाई दिईएको हो । साहित्यकार हरिराज शर्मा (हराश) का स्वर्गिय छोरा प्रमोदराज शर्माको स्मृतीमा युनियनले राखेको अक्षयकोषबाट जनही ५ हजार ५ सय ५५ रुपैया राशीको पुरस्कार बितरण गरिएको थियो । नेपाल प्रेस युनियनका केन्द्रिय अध्यक्ष बद्री सिग्देल र नेपाल पत्रकार महासंघका केन्द्रिय महासचिव रमेश बिष्ट, अक्षयकोषका संरक्षक हरिराज शर्माले सञ्चारकर्मी सोना खटिक र नारद कोहारलाई पुरस्कार रकम र प्रमाणपत्र प्रदान गरेका थिए ।


पुरस्कृत सञ्चारकर्मी खटिक रेडियो कपिलवस्तुकी स्टेशन म्यानेजर हुन भने कोहार साझा न्युजका कार्यकारी सम्पादक रहेका छन । पुरस्कृत सञ्चारकर्मी खटिकले पुरस्कारले सामाजिक उत्तरदायित्व सहितको पत्रकारिताका लागी थप जिम्मेबारी बोध गराएको बताईन । आफुले अभावका बिच एक दशक देखी पत्रकारितालाई नै कर्मथलो बनाएको स्मरण गर्दै पुरस्कार बापतको रकम आफुले पत्रकारिता क्षेत्रमा जोडेका दुई किशोरी पत्रकारको स्तरबृद्धिका खर्च गर्ने उनले प्रतिबद्धता जनाईन । अक्षयकोषका संरक्षक शर्माले पत्रकारिता क्षेत्रमा खटिएका कर्मशिल पत्रकारलाई पुरस्कृत हुन चयन गरेर युनियनले उदाहरणीय कार्य गरेको भन्दै प्रशंसा गरे ।


पत्रकारिताले समाजको ऐनाको काम गर्ने भएकाले परिवार गुमाएको पिडा पत्रकारिता क्षेत्रलाई सहयोग गरेर बिर्सन प्रयत्न गरेको उनले बताए । पत्रकार महासंघका केन्द्रिय सदस्य बसन्त गिरीले पत्रकारिता क्षेत्रको बृति बिकासमा अक्षयकोष निर्माणले सहयोग पुर्याएको बताउदै अन्य संगठनले समेत सो को सिको गर्नु पर्नेमा जोड् दिए । महासंघ शाखा अध्यक्ष डिलाराम भुसालले पत्रकारिताको मर्मलाई जिवन्त राख्न कार्यक्रमले प्रोत्साहित गरेको बताए ।पत्रकारलाई गरिने सम्मानले समाजमा भएका बेथिती र बिकृतीको उजागर गर्न जागर थपिएको प्रजिअ दिर्घ नारायण पौडेलले बताए । बिगतका परम्परागत शैली र तौर तरिकाले अगाडी बढ्न नसकिने भएकाले अभावका बिचमा पनि पत्रकार रुपान्तरीत हुनु पर्ने बेला आएको पत्रकार महासंघका केन्द्रिय महासचिव रमेश बिष्टले बताए । प्रबिधीका हिसावले रुपान्तरण हुनु अहिलेको प्रमुख चुनौती भएको बिष्टको भनाई थियो । कोभिड संक्रमणका बेला सबै भन्दा बढि सञ्चारकर्मी मारमा परे पनि सरकारले सञ्चारकर्मीलाई सहयोगका प्याकेज उपलब्ध गराउन नसकेको युनियनका केन्द्रिय अध्यक्ष बद्री सिग्देलले बताए ।


युनियनका जिल्ला सभापति गोपाल भण्डारीको अध्यक्षतामा सम्पन्न पुरस्कार बितरण समारोहमा बोल्दै अधिकारकर्मी रवि ठाकुर, काँग्रेस पुर्व जिल्ला सभापति राजेश आचार्य, पुर्व जिबिस सभापति रमेश शर्मा लगायतले युनियनको कार्यको प्रशंसा गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

बुद्धभूमिमा जारी खेलकुद अन्तर्गत आइतबार पनि विभिन्न स्पर्धा सम्पन्न ।। फागुन १४ देखि जारी प्रतियोगिता सोमबार समापन हुँदै ।।

ओम प्रकाश पौडल । कपिलवस्तु । १६ फागुन ।बुद्धभूमि नगरपालिकामा जारी राष्ट्रपति रनिङ शिल्ड तथा चौथो मेयर कप प्रतियोगिता अन्तर्गत आइतबार पनि...

मानिस हराएकोले खोजि गरिदिनुहुन परिवारको अपिल

ओम प्रकाश पौडेल । १६ फागुन, कपिलवस्तु ।यहिफागुन ९ गते स्यांजा देखि बुटवल हुँदै कपिलवस्तु बोडगाउँ आउने क्रममा आफ््ना पिता हराई रहेकोले...

बुद्धभूमिमा भोली देखि सञ्चालन हुने राष्ट्रपति रनिङ शिल्ड तथा चौथो मेयर कप खेलकुद प्रतियोगिताको तयारी पुरा

ओम प्रकाश पौडेल । कपिलवस्तु १३ फागुन ।बुद्धभूमि नगरपालिकाको आयोजनामा भोली देखि फागनु...

जनताको जीत भएको छ: मौलाना मशहूद खांं नेपाली

कपिलवस्तु, फाल्गुन १२ नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) कृष्णानगर नगरकमिटी र राष्ट्रीय मदरसा संघ नेपालको संयुक्त...

Recent Comments