Home समाचार नेकपा विभाजनको असर स्थानीय सरकारमा समेत : गाउँपालिका उपाध्यक्षले नदिएको राजीनामा स्वीकृत

नेकपा विभाजनको असर स्थानीय सरकारमा समेत : गाउँपालिका उपाध्यक्षले नदिएको राजीनामा स्वीकृत

१९ पुस, हेटौंडा ।
सत्तारुढ नेकपा विभाजनको असर स्थानीय सरकारमा समेत देखिएको छ ।मकवानपुरको मनहरी गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष, पार्टीको दुई समूहमा लागेका छन् र, अध्यक्ष एकराज उप्रेतीले उपाध्यक्ष मनिला विष्टको राजीनामा स्वीकृत भएको जानकारी दिएका छन् ।उपाध्यक्ष विष्टले राजीनामा दिएको दाबी गर्दै शुक्रबार बसेको गाउँ कार्यपालिका बैठकले राजीनामा स्वीकृत गरेको अध्यक्ष उप्रेतीले जानकारी दिए ।
तर, उपाध्यक्ष विष्टले भने आफूले राजीनामा नै नदिएको बताएकी छन् । विष्टले भनिन्, ‘मैले राजीनामा दिएकै छैन । राजीनामा दिएको भन्नु भ्रमपूर्ण छ, यसमा सत्यता छैन ।’उप्रेती र बिष्ट दुवै पूर्वएमालेबाट निर्वाचित हुन् । उपाध्यक्ष विष्टले कर्मचारी हाबी भएको, सुशासन कायम हुन नसकेको भन्ने गुनासो गर्दै आएकी थिइन् । त्यसैबीच उपाध्यक्ष विष्टले मंसिर २९ मा राजीनामा दिएको चर्चा चल्यो ।पुस १ मा बसेको गाउँ कार्यपालिकाको बैठकले पनि उपाध्यक्ष विष्टले राजीनामा दिएको भन्ने समाचारमा सत्यता नरहेको र भ्रमपूर्ण हल्लाप्रति ध्यानाकर्षण भएको निर्णय गरेको थियो ।
बैठकको निर्णयपछि पुस २ मा बक्तव्य जारी गरेरै उपाध्यक्ष विष्टको राजीनामाबारे भ्रममा नपर्न आग्रह गरिएको थियो ।तर प्रधानमन्त्री केपी शर्मा ओलीले ५ गते संसद विघटन गरेर मध्यावधि निर्वाचन घोषणा गरेपछि नेकपा फुट्यो ।अध्यक्ष उप्रेती ओली समूहमा लागे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

राष्ट्रीय मदरसा संघ नेपाल द्वारा ईद उल अज़हां(बकरा ईद)को शुभकामना व्यक्त

कृष्णनगर, कपिलवस्तु मुस्लिम धर्मावलंबी हरूले मनाउने महत्वपूर्ण चाड बकर इदको उपलक्ष्यमा राष्ट्रीय मदरसा संघ नेपालका...

बकर इदमा सार्वजनिक बिदा दिने मन्त्रिपरिषद्को निर्णयको राष्ट्रीय मदरसा संघ द्वारा स्वागत

कृष्णनगर, कपिलवस्तु सरकारले साउन ६ गते सार्वजनिक बिदा दिएको छ। सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले मुस्लिम...

मर्कजे अहले सुन्नत दरगाहें आला हजरत बरेलीको सहयोगले नेपालको गरिब परिवारमा राहत वितरण

कृष्णनगर/कपिलवस्तु कपिलवस्तुको कृष्णनगरमा रहेको अल जामियातुल बरकातिया लिलबनातमा कृष्णानगर नगरपालिका कोरोना प्रभावित गरिब पीड़ित असहाय...

Recent Comments