Home समाचार ओलीले पार्टी प्यालेसहरुमा कमेडी देखाइरहेका छन् : झाँक्री

ओलीले पार्टी प्यालेसहरुमा कमेडी देखाइरहेका छन् : झाँक्री

२० पुस, चितवन ।
नेकपा प्रचण्ड–माधव समूहकी नेतृ रामकुमारी झाँक्रीले प्रधानमन्त्री ओलीलाई ‘कमेडी’को संज्ञा दिएकी छन् । चितवनमा सोमबार आयोजित प्रचण्ड-माधव समूहको बैठकलाई सम्बोधन गर्दै उनले पार्टी प्यालेस र बालुवाटारमा ओलीले कमेडी देखाइरहेको बताएकी हुन् ।
‘आज केपी ओली नैतिक रुपमा बोल्ने सामर्थ्य नराखेको कारणले कमेडियनका हिसाबले प्रस्तुत हुनुभएको छ’, उनले भनिन् । कम्युनिस्ट पार्टीमा विधि, विचार, नैतिकता हुँदा मात्रै बोल्ने सामर्थ्य हुने बताउँदै झाँक्रीले सोधिन्, ‘यतिखेर दुई दुई घण्टा लामो कमेडी देखिरहनुभएको छैन ?’ कमेडियनलाई अध्यक्ष बनाएको दोष आफूले पनि लिनुपर्ने अवस्था आएको उनले बताइन् ।


‘एउटा सामान्य नागरिकले फेसबुकमा लेखेका छन्– मेरो छोराछोरी, सन्तान दरसन्तानले अयोग्य मान्छे प्रधानमन्त्री थियो भन्ने इतिहासमा पढ्न नपरोस् भनेर उनका भनाइहरु इन्टरनेटका डाटाहरुबाट डिलिट गरौं भनेर’, झाँक्रीले भनिन् । ओलीलाई प्रचण्ड र माधव नेपाल साक्षी बनेर सर्वसहमत दलको नेता बनाएको पनि उनले सम्झिइन् । तर, अब कित्ता प्रष्ट पार्ने समय आएको बताइन् । ‘अहिले नेकपा दुई कित्तामा ध्रुवीकृत भएको छ । एउटा, २०६२/०६३ सालको ऐतिहासिक उपलब्धीहरु खोस्ने प्रतिगामी तप्का । अर्को, उपलब्धीहरुको रक्षा गर्ने कित्ता’, उनले कित्ता प्रष्ट पार्न अदालत र निर्वाचन आयोग नकुर्न पनि आग्रह गरिन् ।

‘एउटा पंक्ति अदालत र निर्वाचन आयोगको नतिजा कुरिरहेको छ । तर, ठूलो भागतिर लाग्नु भनेको चरम अवसरवाद हो । त्यसकारण अवसरवादको विरुद्धमै उभिनुपर्छ ।’ उनले दुई घण्टा बोल्दा दश मिनेट पनि विचार, राजनीति र सिद्धान्तबारे बोल्न नसक्ने अयोग्यहरुबाट कम्युनिस्ट आन्दोलन अगाडि नबढ्ने पनि बताइन् । ओलीले अदालतलाई दिएको जवाफबारे उनले प्रश्न गरिन्, ‘राजनीतिक प्रश्नको छिनोफानो कहाँ हुन्छ ? दुई दिनका लागि फुलीबर्दी लगाएकाले गर्छन् कि सडकमा हुने लाखौं मान्छेले गर्छ ?

राजनीतिक प्रश्नको फैसला राजा ज्ञानेन्द्रले ग¥यो कि सडकबाट गरियो ? ६२/६३ सालमा । ४६ सालमा राजनीतिक प्रश्नको छिनोफानो नारायणहिटीबाट भयो कि सडकबाट भयो ?’ संविधानको चिरहरण गर्ने राष्ट्रपति र प्रधानमन्त्रीलाई सडकमा ल्याउने चुनौती पनि दिइन्, ‘यो संविधानको चिरहरण गर्ने राष्ट्रपति कार्यालय राखिएको शितल निवासबाट केही पात्रहरुलाई घोक्रेठ्याक लगाएर सडकमा झार्छौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

बुद्धभूमिमा जारी खेलकुद अन्तर्गत आइतबार पनि विभिन्न स्पर्धा सम्पन्न ।। फागुन १४ देखि जारी प्रतियोगिता सोमबार समापन हुँदै ।।

ओम प्रकाश पौडल । कपिलवस्तु । १६ फागुन ।बुद्धभूमि नगरपालिकामा जारी राष्ट्रपति रनिङ शिल्ड तथा चौथो मेयर कप प्रतियोगिता अन्तर्गत आइतबार पनि...

मानिस हराएकोले खोजि गरिदिनुहुन परिवारको अपिल

ओम प्रकाश पौडेल । १६ फागुन, कपिलवस्तु ।यहिफागुन ९ गते स्यांजा देखि बुटवल हुँदै कपिलवस्तु बोडगाउँ आउने क्रममा आफ््ना पिता हराई रहेकोले...

बुद्धभूमिमा भोली देखि सञ्चालन हुने राष्ट्रपति रनिङ शिल्ड तथा चौथो मेयर कप खेलकुद प्रतियोगिताको तयारी पुरा

ओम प्रकाश पौडेल । कपिलवस्तु १३ फागुन ।बुद्धभूमि नगरपालिकाको आयोजनामा भोली देखि फागनु...

जनताको जीत भएको छ: मौलाना मशहूद खांं नेपाली

कपिलवस्तु, फाल्गुन १२ नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) कृष्णानगर नगरकमिटी र राष्ट्रीय मदरसा संघ नेपालको संयुक्त...

Recent Comments