Home जिल्ला समाचार कपिलवस्तुका पानी र चाउचाउ दुई उद्योगमाथि मुद्दा दर्ता

कपिलवस्तुका पानी र चाउचाउ दुई उद्योगमाथि मुद्दा दर्ता

कपिलवस्तु, पुस २०
कपिलवस्तुको एउटा चाउचाउ उद्योग र अर्को पानी उद्योगविरुद्ध कपिलवस्तु जिल्ला अदालतमा मुद्दा दायर भएको छ । प्रशोधित पिउने पानीमा कोलिफर्मको मात्रा भेट्टिएपछि र चाउचाउ न्यून गुणस्तरको पाइए पछि खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, रुपन्देहीले अदालतमा मुद्दा दर्ता गरेको हो । कपिलवस्तुको शिवराज नगरपालिका–५ मा रहेको युनिभर्सल ड्रिकिङ वाटर इण्डष्ट्रिजविरुद्ध आइतबार र कपिलवस्तु–१३ मा रहेको क्यापिटल फूड प्रालिविरुद्ध मंसिर २८ गते मुद्दा दर्ता भएको हो ।


क्यापिटल फूडद्वारा उत्पादित ओके ब्राण्डको चाउचाउको काभ्रेबाट नमूना संकलन गरी जाँच गर्दा पानीको मात्रा ६।५ पाइएको थियो । चाउचाउमा ५ प्रतिशत भन्दा माथि पानीको मात्रा हुन हुँदैन । उक्त ब्राण्डको चाउचाउमा पेरोक्साइड भ्यालु १० हुनु पर्नेमा १५।२ र क्यापिटलकै अर्को उत्पादन जिनी ब्राण्डमासमेत एसिडमा नघुल्ने भस्म १ हुनुपर्नेमा १.१ पाइएपछि मुद्दा दर्ता गरिएको बरिष्ठ खाद्य अनुसन्धान अधिकृत विमलकुमार दाहालले जानकारी दिनुभयो ।युनिभर्सलको प्रशोधित पानीमा कुल कोलिफर्म गणना प्रति एक सय एमएलमा शून्य हुनुपर्नेमा ११८ पाइएको थियो । युनिभर्सलले ग्यालेक्सी ब्राण्डको मिनरल वाटर उत्पादन गर्दै आएको थियो । खाद्यले पानी उद्योग र उद्योगका संचालक विष्णुबहादुर हमाललाई प्रतिवादी बनाएर मुद्दा दर्ता गरेको हो । युनिभर्सलबाट प्रशोधित पानीमा मिसावट भएको गुनासो आएपछि खाद्य निरीक्षक श्रवणकुमार ढुंगाना नेतृत्वको टोलीले २०७६ भदौमा उद्योगबाट उत्पादित पानीको नमूना लिएर जाँच गरेको थियो ।


क्यापिटलको जिनी ब्राण्डको चाउचाउको मोरङबाट नमूना संकलन गरी खाद्यले परीक्षण गरेको थियो । खाद्य ऐन २०२३ को दफा (३) उल्घंन गरी दुषित खाद्यपदार्थ र न्यून गुणस्तरको उत्पादन गरी विक्री वितरण गरेकाले दुबै उद्योगविरुद्ध खाद्य ऐन २०२३ को दफा ५ (१) बमोजिम कारबाहीको माग गरी अदालतमा मुद्दा दर्ता गरिएको छ । यदि उत्पादन गर्ने उद्योग दोषी ठहरिए रु.५० हजार जरिवाना वा ५ वर्ष कैद वा दुबै सजाय हुनसक्ने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

साउदी सरकार र नेपाल सरकार बिच हरेक क्षेत्रमा सुमधुर सम्बन्ध रहोस: मौलाना मशहूद

कपिलवस्तु, असोज, ७ साउदी अरब देशको ९१औ नेशनल डे को उवसरमा साउदी सरकार र साउदी...

उपाध्यक्ष मौलाना मशहूद र अल्कुफी ले संविधान दिवसको शुभकामना दिदै कार्यन्वयनमा ध्यान दिन आग्रह

कपिलवस्तु, असोज ३ आज असोज ३ गते अर्थात संविधान दिवस । २०६२,६३ कोे आन्दोलनको राजनीतिक परिवर्तपछि दोस्रो संविधान सभा...

चाइना उइगर मुस्लिम समुदाय माथि दमन गरि रहेको : प्रवक्ता अकरम पठान

कृष्णनगर/कपिलवस्तु भाद्र २७ जनता समाजवादी पार्टी नेपाल कृष्णनगर नगरसमितीको प्रथम पुर्ण बैठक शुद्धिकरण तथा जनजागरण...

नदिम अरशद इदरीसी द्वारा हरितालिका तिजको शुभकामना व्यक्त

कृष्णनगर, भाद्र २४ कपिलवस्तु जिल्लाको कृष्णनगर बस्ने जुझारू, कर्मठ, इमानदार, सेवाको भावना भएको, मानवतावादी व्यक्तित्व भएका युवा नेता...

Recent Comments