Home अर्थ देशभर ३० हजार सहकारी संस्था

देशभर ३० हजार सहकारी संस्था

२० पुस, काठमाडौं ।
देशभरका सहकारी संस्थामा ७३ लाख भन्दा धेरै मानिस आवद्ध भएका छन् । सहकारी विभागले हालै देशभरका सहकारीबारे संकलन गरेको तथ्यांकअनुसार सहकारी संस्थामा ७३ लाख ७ हजार ४ सय ६२ जना आवद्ध भएका छन् ।जसमा ५६ प्रतिशत महिला र ४४ प्रतिशत पुरुष सदस्य छन् । विभागले २०७७ साउनदेखि कात्तिकसम्म सातै प्रदेशको स्थानीय तहहरुको सहकार्यमा गरेको अध्ययन अनुसार देशभर २९ हजार ८ सय ८६ वटा सहकारी संस्था रहेका छन् ।


त्यस्तै २० वटा विषयगत सहकारीका केन्द्रीय संघ, एउटा राष्ट्रिय सहकारी बैंक, एउटा राष्ट्रिय सहकारी महासंघ, ७० वटा जिल्ला सहकारी संघ र २४१ वटा विषयगत जिल्ला सहकारी संघहरू क्रियाशील रहेका छन्् । देशभरका सहकारीमा कुल शेयर पूँजी ९४ अर्ब १० करोड ५० लाख रहेको छ भने ४ खर्ब ७७ अर्ब ९६ करोड रुपैयाँ वचत रहेको छ ।सहकारीले ४ खर्ब २६ अर्ब २६ करोड २३ लाख रुपैयाँ लगानी गरेका छन् । सहकारीले मुलुकभर ८८ हजार ३ सय ९ जनालाई प्रत्यक्ष रोजगारी प्रदान गरेका उपरजिस्टार सुरेन्द्रराज पौडेलले जानकारी दिए । सहकारी विभागले उक्त प्रतिवेदन अर्थमन्त्री विष्णु पौडेल र गभर्नर महाप्रसाद अधिकारीलाई बुझाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

बुद्धभूमिमा जारी खेलकुद अन्तर्गत आइतबार पनि विभिन्न स्पर्धा सम्पन्न ।। फागुन १४ देखि जारी प्रतियोगिता सोमबार समापन हुँदै ।।

ओम प्रकाश पौडल । कपिलवस्तु । १६ फागुन ।बुद्धभूमि नगरपालिकामा जारी राष्ट्रपति रनिङ शिल्ड तथा चौथो मेयर कप प्रतियोगिता अन्तर्गत आइतबार पनि...

मानिस हराएकोले खोजि गरिदिनुहुन परिवारको अपिल

ओम प्रकाश पौडेल । १६ फागुन, कपिलवस्तु ।यहिफागुन ९ गते स्यांजा देखि बुटवल हुँदै कपिलवस्तु बोडगाउँ आउने क्रममा आफ््ना पिता हराई रहेकोले...

बुद्धभूमिमा भोली देखि सञ्चालन हुने राष्ट्रपति रनिङ शिल्ड तथा चौथो मेयर कप खेलकुद प्रतियोगिताको तयारी पुरा

ओम प्रकाश पौडेल । कपिलवस्तु १३ फागुन ।बुद्धभूमि नगरपालिकाको आयोजनामा भोली देखि फागनु...

जनताको जीत भएको छ: मौलाना मशहूद खांं नेपाली

कपिलवस्तु, फाल्गुन १२ नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) कृष्णानगर नगरकमिटी र राष्ट्रीय मदरसा संघ नेपालको संयुक्त...

Recent Comments