Home जिल्ला समाचार चितरमुखि माई साप्ताहिक हाट बजार आजबाट सुरु ।

चितरमुखि माई साप्ताहिक हाट बजार आजबाट सुरु ।

ओम प्रकाश पौडेल,

कपिलवस्तु, २५ पौष ।
वाणगंगा ११ चेतियामा चितरमुखि माई साप्ताहिक हाट बजार आजबाट सुरु भएको छ ।
स्थानिय उत्पादनहरुको प्रवद्र्धन गर्दै विकासमा टेवा पु¥याउने उद्धेश्यका साथ अब देखि हरेक शनिबार सञ्चालन गर्ने गरि आज बाट हाट बजार सुरु भएको चितरमुखि टोल विकास संस्थाका अध्यक्ष रामजी खनालले जानकारी दिनु भयो । भव्य समुदघाटन समारोहका विच आज देखि शुरु भएको हाट बजारमा कृषि तथा गैर कृषि दुवै किसिमका स्टलहरु रहेको तथा पहिलो दिन नै ग्रहाकहरुको भीड रहेको बताइएको छ ।
समुदघाटन कार्यक्रम चितरमुखि माई हाट बजार व्यवस्थापन समितिका अध्यक्ष जय करण थारुको अध्यक्षता वाणगंगा नगरपालिका वडा नम्बर ११ कपिलबस्तुका वडाध्यक्ष सोमनाथ अर्यालको प्रमुख आतिथ्यता, वडा सदस्यहरु शारदा केसि, वाजबुल लयन शाहा, सावित्रा विक र जग नारायण थारुको विशिष्ट आतिथ्यता नेपाली कांग्रेश जिल्ला कार्यसमिति कपिलवस्तुका सदस्य तथा प्रवक्ता रवि काफ्ले, उत्तर चेतिया टोल विकास संस्थाका अध्यक्ष बेचु थारु, चितरमुखि टोल विकास संस्थाका अध्यक्ष रामजी खनाल, रोयल एलाइन्स इग्लिस बोर्डिङ स्कुलका अध्यक्ष नरेन्द्र चौधरी, समाजसेविहरु कृष्ण प्रसाद ज्ञवाली, धन कुमारी केसि, राम मिलन थारु, रिखिराज थारु,कृृष्ण नेपाल, लक्षमण नेपाल लगायतको अतिथ्यता बजार व्यवस्थापन समितिका उपाध्यक्ष बेचु थारुको स्वागत र ओम प्रकाश पौडेलको सञ्चालनमा समुदघाटन कार्यक्रम सम्पन्न भएको आयोजकले जनाएको छ ।
कार्यक्रममा सम्बोधन गर्दै वडाध्यक्ष सोमनाथ अर्यालले हाट बजारलाई व्यवस्थित गर्न आफुले सक्दो बजेट उपलब्ध गराउने प्रतिवद्धता जनाउनु भयो । वडा सदस्य शारदा केसिले हाट बजार सुरु गर्नु मात्रै ठुलो विषय नभएको र त्यसलाई सफल बनाउनु महत्वपूर्ण कार्य रहेकोले हाट बजार सञ्चालनका क्रममा थुप्रै चुनौतिहरु रहेको भए पनि चितरमुखि माई हाट बजारले सफलता प्राप्त गर्ने धारणा राख्नु भयो । कार्यक्रममा धारणा राख्दै चितरमुखि टोल विकास संस्थाका अध्यक्ष रामजी खनालले हाट बजारलाई सफल तुल्याउनका लागि सबैको समर्थन आवश्यक रहेको र हाट बजारले स्थानिय उत्पादनलाई प्रवद्र्धन गर्ने हुँदा सबैको साथ साथ आफूहरुलाई मिल्ने बताउनु भयो । आस पासका अन्य कतिपय स्थानमा अन्य दिन हाट बजार लाग्ने भए पनि चितरमुखि माई हाट बजार शनिबार लाग्ने र बरवा, चितरपुर पदमपुर, चेतिया, उछुडिया, पोख्रैया, मझौवा, प्रगतिनगर, भड्डिहवा लगायतका स्थानहरुबाट नजिक पर्ने भएकोले हाट बजारको भविष्य राम्रो देखिएको स्थानियहरुको विश्लेषण छ । हाट बजारको उचित व्यवस्थापनमा सरोकारवाला निकायले थप ध्यान दिन सके वडाकै समृद्धिमा कोशेढुंगा सावित हुने स्थानिय युवाद्धय नारायण गैह्रे र सुनिल थारुको प्रतिक्रिया छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

कपिलवस्तुमा निषेधाज्ञा अवज्ञा गर्ने १ सय ३ वटा सवारी साधन प्रहरी नियन्त्रणमा ।।

ओम प्रकाश पौडेल । कपिलवस्तु । २४ वैशाख ।निधेषाज्ञा उल्लंघन गर्ने विभिन्न सवारी साधनलाई आज पनि कपिलवस्तु प्रहरीले नियन्त्रणमा लिएको छ ।...

कपिलवस्तुमा कोरोना संक्रमणबाट थप ५ जनाको मृत्यु ।।

ओम प्रकाश पौडेल । कपिलवस्तु ।कोरोना संक्रमणका कारण कपिलवस्तुमा पछिल्लो २४ घण्टामा थप ५ जनाको ज्यान गएको छ । ज्यान जानेमा कपिलवस्तु...

३ दर्जन वित्तिय सस्थाको एक हप्ता बन्द गर्ने निर्णय

कपिलवस्तु २४ वैशाख। वित्तिय सस्थाहरुमा जोखीम उच्च भएको भन्दै स्थानीय पालिकासंग बन्द गर्ने ब्यवस्था मिलाउन ती सस्थाले निरन्तर दिदै...

लुम्विनीका कोरोना अस्पतालमा ६ सय स्वास्थ्यकर्मी थप हुदै

बुटवल  २३ बैशाख । लुम्बिनी प्रदेश सरकारले स्वास्थ्यतर्फ ५ सय ८३ जनशक्ति थप गर्ने भएको छ। चार कोरोना...

Recent Comments