२५ पुष, कपिलवस्तु ।
कपिलवस्तु जिल्लाको वाणगंगा नगरपालिका ९ मा रहेको धार्मिक तथा पर्यटकीय स्थल रामदत्तिवन धामको विशेष अधिवेशन सम्पन्न गरेको छ ।साधारण सभा भएको झण्डै एक महिना पछि अघिवेशन सम्पन्न भएको हो । मंसिर २७ गते सम्पन्न भएको साधाराण सभाले नयाँ नेतृत्वका लागि अधिवशन गर्न नसकेपछि नेतृत्व चयनका लागि एक समितिनै गठन गरिएको थियो ।
आज वाणगंगा नगरपालिका वडा नं. ९ का अध्यक्षधुव्र बेल्वासेको अध्यक्षता बसेको विशेष भेलाबाट अधिवेशन सम्पन्न भएको हो । भेलाले आज ११ सदस्यनयाँ कार्यसमिति चयन गरेको छ ।चुरामणि अर्यालको अध्यक्षता रहेको समितिमा उपाध्यक्ष क्रृषिकेश पोख्रेल, सचिव प्रेमनारायण पाण्डे, कोषाध्यक्ष चन्द्रवर्ती थारु, सह–सचिवमा दिनेश कार्कि चयन भएका छन । त्यस्तै समितिको सदस्यहरुमा यदुनाथ शर्मा, सिताकुमारी पोख्रेल, मन्जु भुसाल, तिलमाया बेल्वासे रहेका छन् ।यस्तै भेलाले लेखा समितिमा लक्ष्मण रायमाझीको संयोज्कत्व रहने गरी सदस्यहरुमा कमला पाण्डे क्षेत्री रगोपालगिरीलाई चयन गरेको छ ।
रामदतिवनको अध्यक्षमा अर्याल
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1