२७ पुस, काठमाडौं । पूर्वसभामुख दमननाथ ढुंगानाले अदालतले प्रतिनिधिसभा विघटनलाई सदर गर्ने हो भने संविधान खारेजको फैसला पनि एकसाथ सुनाउनुपर्ने बताएका छन् । यद्यपि अदालतले संविधानअनुसार फैसला गर्छ भन्ने विश्वास आफूलाई रहेको बताए ।संविधानसभा सदस्य मञ्च नेपालले सोमबार राजधानीमा गरेको अन्तरक्रियामा ढंगानाले संसद पुनर्स्थापना हुन्छ कि हुन्न भन्ने बहस गर्दा संविधान र राजनीतिक दुबै पक्षबमाट हेर्नुपर्ने बताए । संवैधानिक रुपमा हेर्दा संसद पुनस्र्थापनाको विकल्प नरहेको तर राजनीतिक रुपमा के हुन्छ भन्न नसक्ने उनले बताए । संविधान भनेको राजनीतिक दस्तावेज हो । त्यसैले संविधानसम्बन्धी मुद्धा राजनीतिक पनि हुन्छ । अझ, विघटनको मुद्दा त एउटा राजनीतिक पाटो हुन्छ, अर्को संवैधानिक पाटो हुन्छ । जहाँसम्म संवैधानिक पाटो छ, यो (प्रतिनिधिसभा विघटन) शतप्रतिशत संविधानसँग बाझिएको छ । जबरजस्ती विघटन गरिएको छ । अहिले सर्वोच्च अदालतलाई कसले धम्क्याएको ट भन्ने पनि कम्पिटिसन भइरहेको छ । कहिले काँही त्यो कम्पिटिसनमा म पनि उत्रौं कि जस्तो लाग्छ किनभने अदालतको काम कानून बमोजिम फैसला गर्ने हो । संविधान अनुसार फैसला गर्ने हो भने सर्वोच्च अदालतले शतप्रतिशत संसद ब्यूँताउनुपर्छ । तर राजनीतिक पक्ष म जान्दिनँ । त्यहाँ (अदालतमा) राजनीति पस्यो के हुन्छ, त्यो निश्चित छैन ।यसलाई अपमान नसम्झिइयोस् । यदि सर्वोच्च अदालतले बदिलानी प्रधानमन्त्रीको सिफारिस हो, हामी उहाँको बलिदानको अपमान गर्न सक्दैनौं भन्यो भने संविधासभाका सदस्यहरु र हामी नागरिकले भन्नुपर्छ, हे श्रीमान ! तपाईहरुको फैसलालाई हामी अन्यथा भन्न सक्दैनौं, शिरोपर गर्छौं । यो प्रतिनिधिसभा विघटनलाई मात्र सदर गर्ने होइन, संविधान पनि बदर गरिदिनुस् । किनभने यो संविधानसभामाथि प्रहार हो, संविधानमाथि प्रहार हो, प्रतिगमन नै हो ।त्यस्तो होस म भन्दिनँ । बलिदानी प्रधानमन्त्री छन् भने ज्ञानी न्यायाधीशहरु पनि छन् । अदालतको पनि जवाफदेहीता छ, न्यायाधीशहरुले संविधान नाघेर फैसला गर्न सक्दैनन् । उनीहरुको पनि पदीय सुरक्षाको कुरा छ । सडकबाट न्यायाधीश तान्ने दिन आउनसक्छ, हामीले संसारमा देखेका छौं । फिलिपिन्समा त म पुगेकै बेला त्यस्तो भएको छ ।
सडकबाट न्यायाधीश तान्ने दिन आउनसक्छ : ढुंगाना
0
28
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1
Previous articleरामदतिवनको अध्यक्षमा अर्याल
Next articleवैज्ञानिक वन व्यवस्थापनको राष्ट्रिय सञ्जाल गठन
RELATED ARTICLES
गैँडाको आक्रमणबाट वृद्धा घाइते
सोमबार, माघ २६, २०७७ नवलपुर-नारायणी नदीमा नुहाएर फर्किने क्रममा गैँडाको आक्रमणबाट एक वृद्धा घाइते भएका छन्। नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को मध्यबिन्दु नपा–३ ब्रह्मस्थानकी ७५...
कांग्रेसद्धारा प्रतिनिधिसभा विघटनविरुद्ध आन्दोलनका थप कार्यक्रम घोषणा
काठमाण्डौ १३ माघ
प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले प्रतिनिधिसभा विघटनविरुद्ध आन्दोलनका थप कार्यक्रम घोषणा गरेको छ ।
छोरी बलात्कारको आरोपमा १ जना पक्राउ
२० पुस, विराटनगर ।छोरी बलात्कारको आरोपमा विराटनगरमा एक जना पक्राउ परेका छन् । बलात्कारबाट बसेको गर्भ गर्भपतन गराउन छोरी लिएर अस्पताल गएका...
Most Popular
बुद्धभूमिमा जारी खेलकुद अन्तर्गत आइतबार पनि विभिन्न स्पर्धा सम्पन्न ।। फागुन १४ देखि जारी प्रतियोगिता सोमबार समापन हुँदै ।।
ओम प्रकाश पौडल । कपिलवस्तु । १६ फागुन ।बुद्धभूमि नगरपालिकामा जारी राष्ट्रपति रनिङ शिल्ड तथा चौथो मेयर कप प्रतियोगिता अन्तर्गत आइतबार पनि...
मानिस हराएकोले खोजि गरिदिनुहुन परिवारको अपिल
ओम प्रकाश पौडेल । १६ फागुन, कपिलवस्तु ।यहिफागुन ९ गते स्यांजा देखि बुटवल हुँदै कपिलवस्तु बोडगाउँ आउने क्रममा आफ््ना पिता हराई रहेकोले...
बुद्धभूमिमा भोली देखि सञ्चालन हुने राष्ट्रपति रनिङ शिल्ड तथा चौथो मेयर कप खेलकुद प्रतियोगिताको तयारी पुरा
ओम प्रकाश पौडेल ।
कपिलवस्तु १३ फागुन ।बुद्धभूमि नगरपालिकाको आयोजनामा भोली देखि फागनु...
जनताको जीत भएको छ: मौलाना मशहूद खांं नेपाली
कपिलवस्तु, फाल्गुन १२
नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) कृष्णानगर नगरकमिटी र राष्ट्रीय मदरसा संघ नेपालको संयुक्त...