Home जिल्ला समाचार प्रचण्ड माधव नेपाललाई ओली समुहमा आउन महेश बस्नेतको प्रस्ताव

प्रचण्ड माधव नेपाललाई ओली समुहमा आउन महेश बस्नेतको प्रस्ताव

कपिलवस्तु १२ माघ।
नेपाल कम्युनिष्ट पार्टी नेकपा ओली समूहका नेता महेश बस्नेतले प्रचण्ड माधव समुहलाई नयाँ प्रस्ताव गर्नु भएको छ । नेता बस्नेतले प्रचण्ड माधव नेपाललाई ओली समुहमा आउन र चुनाव चिन्ह सुर्य लैजान आग्रह गर्नु भएको छ । संसद पुनः स्थापना नहुने दावी गर्दै उहाँले संसद पुर्नस्थापना नहुने भएपछि अहिले सेटिङ भनेर जनतामा भ्रम फिजाएको बताउन
केहि अवसरवादीहरुले सरकारलाई असफल बनाउन लागेपछि प्रधानमन्त्री ओलीले जनतामा जाने निर्णय गरेको उहाँले बताउनुभएको छ । आइतवार कपिलवस्तुको चन्द्रौटामा युवा संघका पदाधिकारीहरु सग भेटघाटका क्रममा नेता बस्नेतले पूर्व माओवादीका लडाकुहरु ओली पक्षमा आउने लहर चलेको बताउनुभयो ।प्रचण्ड नेपाल समुह एउटा गुटको समुह रहेकोले निर्वाचन आयोगले प्रधानमन्त्री ओली नेतृत्वको नेकपालाई आधिकारीकता दिने बताउनुभयो । “उहाँहरु हामीलाई सुर्य चिन्ह चाहियो भन्दै निर्वाचन आयोग पुग्नुभएछ,अधिकारीकता भए माग्न जानु पर्दैन, उहाँले भन्नुभयो “सुर्य चिन्ह चाहिए प्रचण्ड नेपाल ओली नेतृत्वको नेकपामा आउनुहोस, ।”
नेता बस्नेतले पृथ्वीनारायण शाहले राज्य एकिकरण गरेपछि पहिलो पटक प्रधानमन्त्री ओलीले आफ्नो गुमेको भुमी फिर्ता ल्याउन पहल गरेको बताउनुभयो । अहिलेको सरकारले राम्रो काम गरेका कारण जनतामाझ लोकप्रिय भएकोले त्यो देख्न नसक्नेले पार्टी विभाजन तर्फ लागेको तर्क राख्नुभयो । उहाँले प्रचण्डलाई महत्वकाक्षी र माधव नेपाललाई कुण्ठाको संज्ञा दिनुभयो । जनताको मनमा केपी ओली नेतृत्वको नेकपा रहेकोेले आगामी निर्वाचनमा दुई तिहाई बहुमत ल्याउने दावी गर्नुभयो ।
पूर्व माओवादीका धेरै नेताहरु ओली पक्षमा आउने क्रम जारी रहेकोले पूर्व एमालेका सबै नेता बैशाख सम्म ओली नेतृत्वमा आउने जनाउनुभयो । कार्यकारी अध्यक्षको रुपमा प्रचण्डलाई जिम्मा दिएपनि तीन वर्ष सम्म पार्टी एकताको केहि काम गर्न नसकेकोले नेता बस्नेतले आरोप लगाउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

कपिलवस्तुमा कोरोना संक्रमितको संख्या निरन्तर घटदै

१ सय ५९ जना सकृय संक्रमित कपिलवस्तु ५ असारकपिलवसतुमा सकृय कोरोना सक्रमितको सख्या निरनतर घटदै गएको छ । स्वास्थ्य कार्यालय अनुसार शनिवार...

दोस्रो लहरमा रुपन्देहीमा ३१९ संक्रमितको मृत्यु, ।।

३० देखि ४९ वर्ष समूहका मात्रै २९ प्रतिशत ।।असार ५, भैरहवा–रुपन्देहीमा कोरोना भाइरस संक्रमणबाट हाल सम्म ४७६ जना कोरोना संक्रमितको मृत्यु भएको...

नेविसंघ र तरुण दल विपन्नको सहयोगमा जुट्दै ।।

५ असार कपिलवस्तु ।विपद् होस या अन्य समस्या समुदायमा देखिन साथ नेविसंघ र नेपाल तरुण दलका प्रतिनिधि समुदायमा पुने गर्दछन् ।विश्वभर...

प्रांगारिक खेती प्रर्बद्धन गर्न वाणगंगा २ का महिला कृषक समूहलाई उपकरण हस्तान्तरण ।।

पार्बती आचार्य कपिलवस्तु, ५ असार ।बाणगंगा नगरपालिका वडा नं. २ गोबडीहवास्थित ज्योती महिला कृषक समूहमा सञ्चालन भैरहेको...

Recent Comments