मणि प्रसाद गैेह्रे, कपिलवस्तु माघ ११
इलाका प्रहरी कार्यालय महाराजगंजमा १३ बर्षिय वालक माथि प्रहरीले निर्घात रुपमा कुटपिट गरेका छन् । सामान्य वालवालिकाको चोरिको विषयमा सोधपुछ गर्ने बहानामा प्रहरीले हिरासत भित्र २ वालकालाई कुटेको वालकले आरोप लगाएका छन् । महाराजगंज नगरपालिका वडा नं ३ चोहटी निवासी बर्ष १३ को वालक मुवारक मनिहार र सोही स्थान वस्ने वर्ष ११ का बकरुद्धिन मनिहारलाई प्रहरी कार्यालय भित्र सोधपुछ गर्ने क्रममा २ जना प्रहरीले कुटेको बालकले बताएका छन् । बालकलाई टाउको ,पेट र खुटमा लाठी तथा हातले हानेको बताएका छन् । मुवारक मनिहारका अनुसार कुटपिट गरेको र कुटेको कुरा बाहिर वा परिवारलाई भनेमा जिल्ला तथा अन्य स्थाानमा थुनामा राख्ने धम्की दिएको तर उनलाई दु ःख पिडा भएपछि घरमा गएर परिवारलाई जनाएका थिए । खुट चल्न नसकेपछि कपिलवस्तु अस्पताल तौलिहवामा उपचारको लागि घटना भएकै दिन राति शनिवार ८ बजे आएका थिए अस्पताल स्रोतका अनुसार बालकको खुट्मा कुटपिट गर्दा मासंपेसी सिथिल र सोइलिए भएको एक्सरे रिर्पोटमा उल्लेख छ ।
मुवारका बुबा गइसो मनिहारका अनुसार २ जना वालकलाई कार्यलय भित्र लगेर सोधपुछ गर्ने भनेर लगेको सो वेला वालक रोएको अवाज सुनेको थिए तर आफुले समान्य धम्की सोधपुछ होला भनेको थिए तर छोरालाई निर्घात कुटिएको रहेछ ।
बकरुद्धिन मनिहार र मुवारक मनिहार साथि रहेको बकरुद्धिनको घरवाट ५ हजार आइसी रकम चोरी भएको र सो चोरी मुवारकले गरेको आरोपमा उजुरी दिएपछि इलाका प्रहरीमा दुवै पक्षलाई वोलाइएको थियो । मुवारकले चोरी नगरेको बताउदै आएका थिए उनका अनुसार २ दिन चाउमिन तथा नास्ता बकरुद्धिन सिंग गरेको तर पैसा लिने र चोर्ने काम आफुले नगरेको बताएका थिए । तर उनका परिवारले छोराले चोरी नगरेको तर नास्ता खाजा खाएको भए आधा पैसा दिन्छु समेत भनेका थिए तर जवरजस्ती बालकलाई फसाउने र वालकलाई कुट्ने काम गरेको बताए ।
उता इलाका प्रहरी कार्यालय महारजगजंका प्रहरी नायव निरिक्षक होम बहादुर पनुले चोरिको केसमा वालकलाई सोधपुछ गरेको तर कुटपिट नगरेको बताए ।
प्रहरी हिरासतमा कसैलाई कुटपिट गर्ने अधिकार नभएपनि नावालक वालकलाई पिटेर मानसिक तथा शारििरक चरम यातना दिने तथा निर्घाट कुटपिट गर्ने कार्य निन्दनिय भएको अधिकारकर्मीहरुले बताएका छन् ।