कपिलवस्तु माघ १३
कपिलवस्तु जेसिजको अध्यक्षमा भिमकान्त भट्राई सर्व सम्मत चयन हुनु भएको छ । आज भएको २१औ अधिवेशनबाट भट्राई सर्वसम्मत चयन हुनु भएको हो ।
यस्तै कार्यकारिणी उपाध्यक्षमा प्रविन पौडेल र शुशिल खत्री चयन हुनुभएको छ भने उपाध्यक्षहरुमा अशोक पौडेल, कमल घिमिरे, मदन पौडेल, मिन बहादुर थापा चयन हुनुभएको छ ।
अन्य सबै सदस्यहरु जनवरी ३१ तारिख पदस्थापन समारोहका दिन मनोनित गर्ने निवर्तमान अध्यक्ष मनोज खत्रीले जानकारी दिनुभएको छ । बार्षिक साधारण सभा सोमबार सम्पन्न भएको हो भने आज अधिवेशन सम्पन्न भएको हो ।
यस्तै सोमबार कपिलवस्तु जेसिज बर्ष २०२० को २१ औँ बािर्षक साधारण सभा सम्पन्न सम्पन्न भएको छ । साधारण सभामा कपिलवस्तु जेसिज बर्ष २०२० का अध्यक्ष मनोज खत्रीले संस्थाले गरेको कार्यक्रम तथा आगामि कार्ययोजना प्रस्तुत गरेका थिए भने महा सचिव प्रबिन पौडेलले बार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए ।