ओम प्रकाश पौडेल कपिलबस्तु माघ १४ गते
यही माघ २३ र २४ गते सम्पन्न हुन गइरहेको कपिलबस्तु उद्योग बाणिज्य सघंको अधिवेशनको मिती नजिकीए सगै नया नेतृत्वका लागि व्यसायिहरुको दौडधुप बढेको छ । व्यवसायिहरु इतिवेला बजार पसल तथा उद्योग बाणिज्य सघंको कार्यालयमा नया नेतृत्व चयनको विषयमा आपसी छलफलमा व्यस्त छन् । आसन्न अधिवेशनमा कसलाई नेतृत्वमा लैजांदा व्यवसायिहरुको पक्षमा धेरै लाभ मिल्छ भन्ने विषयमा व्यवसायिहरु बिच चर्चा चुलिएको छ । अधिवेशनको लागि कपिलबस्तु उद्योग बाणिज्य सघंले भने सके सम्म सर्वसम्मत नेतृत्व ल्याउने प्रयास जारी रहेको अध्यक्ष उमानाथ पौडेलले बताउनुभयो ।
बाईटः
हाल सम्म मुख्य गरी नेकपा सर्मथित टोपनारायण बेल्बासेको र कांग्रेस सर्मथित अध्यक्ष पदका लागि दोलकराम घिमिरेको नाम चर्चामा छ । चर्चा सुरु भएसंगै नेतृत्व हुत्याउने दाउमा अप्रत्यक्ष रुपमा दुबै समुह लागि रहेका छन् । अध्यक्षका प्रत्यासी टोपनारायण बेल्बासेले आफुहरु सकेसम्म सर्वसम्मत नेतृत्व चयनको कोशिसमा रहेको र निर्वाचनमै जान परेपनि व्यवसायिको हक हितको लागि सबै व्यवसायिको साथ आफुलाई रहने बताउनुभयो । उहाले विगत देखि नै व्यवसायिहरुको हक हितमा त्याग गरेकाले समपुर्ण व्यवसायिहरुले आफुलाई साथ दिने दाबी गर्नुभयो ।
उता अर्का प्रत्यासी घिमिरेले भने यसपालिको अधिवेशनमा सबै व्यवसायिको समर्थन आफुलाई रहेकोले कोही अर्को नेतृत्वमा आउनै नसक्ने दाबी गर्नु भयो । माघ १५ गते विहिबार सांझ सम्म सदस्यता नविकरणको समय सिमा तिकिएको छ भने बस्तुगत र यसोसिएट तर्फ नया सदस्यता दर्ता पनि भोली सम्म मात्र खुला गरिएको संघले जनाएको छ ।
अधिवेशनको मिती नजिकीए सगै व्यसायिहरुको दौडधुप ।।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1