ओम प्रकाश पौडेल ।
कपिलवस्तु । १४ माघ ।
बीउ उत्पादन सम्बन्धि नगर स्तरिय ३ दिने कृषक तालिम बुधबारबाट सुरु भएको छ ।
वाणगंगा नगरपालिको सभाहलमा सुरु भएको तालिममा धान उत्पादन प्रवद्र्धन कार्याक्रम अन्तर्गतका विषय बस्तुमा प्रशिक्षण दिइने वाणगंगा नगरपालिका कृषि विकास शाखाका प्रमुख लेस बहादुर केसिले जानकारी दिनु भयो । तालिममा विभिन्न समूह तथा सहकारीका गरि २३ जना कृषकको सहभागीता रहेको छ ।
तालिम उदघाटन सत्र कार्यक्रम नगर प्रमुख मंगल प्रसाद थारुको अध्यक्षता, उप प्रमुख चक्र अर्याल, प्रमुख प्रशाशकिय अधिकृत गेहेन्द्र बहादुर, शिक्षा शाखा प्रमुख बाबुराम भटराईको उपस्थितिमा सम्पन्न भएको नगरपालिकाले जनाएको छ ।
उद्धघाटन सत्रमा शुभकामना व्यक्त गनुहुँदै मेयर उपमेयर लगायतले नगरपालिकाले नगरको कृषि प्र्रवद्र्धनका लागि विउ उत्पादनमा विशेष जोड दिएको बताउनु भयो ।