ओम प्रकाश पौडेल ।
कपिलवस्तु, माघ १७ ।
निर्वचन कार्यदल गठन गर्ने निर्णयका साथ प्रेस युनियन कपिलवस्तुको वैठक आज तौलिहवामा सम्पन्न भएको छ । आसन्न नेपाल पत्रकार महासंघको अधिवेशनलाई मध्यनजर गर्दै प्रेस युनियनले छलफललाई तिब्रता दिएको हो । शनिवार तौलिहवामा सम्पन्न युनियनको वैठकले शाखा सभापति गोपाल भण्डारीको संयोजकत्वमा ५ सदस्यीय निर्वाचन कार्यदल गठन गर्र्ने निर्णय गरेको छ । जस्को सदस्यहरुमा किरणमान बज्राचार्य, खग प्रसाद चापागाई, राजु खर
यस्तै वैठकले निर्वाचन सम्बिन्धि खर्च व्यवस्थापनका लागि आर्थिक संयोजन समिति पनि गठन गरेको छ । समितिमा शाखा उप सभापति खग प्रसाद चापागाई अध्यक्ष, गुरुदेव पौडेल, कृष्ण गैह्रे, किरणमान बज्राचार्य, गणेश पोख्रेल र अशोक पौडेल सदस्य रहनु भएको छ ।
बैठकले नेपाल पत्रकार महासंघको निर्वाचनको तयारीका लागि किरणमान बज्राचार्यको संयोजनमा युनियनको जिल्ला भेला आयोजना गर्ने निर्णय समेत गरेको बताइएको छ ।
स्थानिय स्तरमा संगठनलाई मजबुद पार्न भन्दै विनय चौवेलाई शिवराज नगरपालिका र बसन्त बञ्जाडेलाई कपिलवस्तु नगरपालिकाको प्रेश युनियन सभापति तोकिएको छ ।
साथै वैठकले नेपाल पत्रकार महासंघका जिल्ला उपसभापति सरोज अर्यालका दाजुको असमायिक निधन प्रति शोक प्रस्ताव पारित गर्ने निर्णय समेत गरेको छ ।