ओम प्रकाश पौडेल । कपिलवस्तु, १९ माघ ।
कोरोना विरुद्धको खोप कार्यक्रम कपिलवस्तुमा आज पनि जारी रहेको छ । आज छैठौँ दिन कपिलवस्तु जिल्लामा २ सय ४१ जनाले कोभिशिल खोप लगाएका छन् । यो संगै जिल्लामा हाल सम्म कोरोना विरुद्धको खोप लगाउनेको सख्या १ हजार ९६ पुगेको छ ।
सरकारले सुरुमा फ्रन्ट लाईनरहरु सरसफाईकर्मी स्वास्थ्यकर्मी शुरक्षा कर्मि लगायतलाई कोरोना विरुद्धको खोप कार्यक्रम सञ्चालन गरेको हो । अब क्रमशः सबैलाई कोरोना विरुद्धको खोप लगाइने सरकारको तयारी रहेको छ ।
कोरोना विरुद्धको खोप लगाएकाहरुमा केहि सामान्य किसिमका साईड इफेक्टहरुदेखिएको भए पनि नआत्तिन स्वास्थ्य कर्मिहरुले सुझाव दिएका छन् । कोरोनाको खोप लगाएपछि कतिपयलाई जिउ दुख्ने र केहि घण्टाका लागि ज्वरो आउने गरेको देखिएको छ । स्वास्थ्य मन्त्रालयले कोरोना लागेर ज्यान जान सक्ने जोखिम नियन्त्रण गर्न संजिवनी बुटि जस्तै बनेर आएको खोप लगाउँदा देखिने सामान्य समस्याहरुले ठुलो दुर्घटना ननिम्त्याउने भएकोले खोप कार्यक्रममा सहभागी हुन सबैलाई आह्वान गरेको छ ।
यस्तै पछिल्लो २४ घण्टामा कपिलवस्तुमा नयाँ संक्रमितको संख्या शुन्य रहेको छ । हाल जिल्लामा १९ सक्रिय संक्रमित रहेकोमा २ जनाको अस्पतालमा उपचार भैरहेको र बाँकी १७ जना होम आइसोलेसनमा रहेको जिल्ला स्वास्थ्य कार्यालय कपिलवस्तुका कोरोना फोकल पर्सन उमेश घिमिरेले बताउनु भयो ।
कपिलवस्तुमा १ हजार ९६ जनाले कोभिशिल खोप लगाए ।। पछिल्लो २४ घण्टामा नयाँ संक्रमितहरुको संख्या शुन्य ।।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1