Home जिल्ला समाचार वर्तमान नेतृत्वले राष्ट्रलाई अग्रगामी दिशा निर्दिष्ट गर्ने ः नेता न्यौपाने

वर्तमान नेतृत्वले राष्ट्रलाई अग्रगामी दिशा निर्दिष्ट गर्ने ः नेता न्यौपाने

कपिलवस्तु माघ १९ गते
नेकपा केन्द्रिय सदस्य एवम् कपिलवस्तु इन्चार्ज गिरधारीलाल न्यौपानेले फाल्गुण १ गते बुटवलमा जनसागर उरलर्ने बताउनु भयो । नेता न्यौपानेले वर्तमान नेतृत्वले राष्ट्रलाई अग्रगामी दिशा निर्दिष्ट गर्ने तर्क गर्दै पार्टीमा देखा परेका अराजनीतिक क्रियाकलापको विरुद्ध एकिकृत हुनु पर्ने बेला भएको धारणा राख्नु भयो । उहाँले पार्टीलाई विघटन गर्न खोज्नेहरुका विरुद्ध सघर्ष गर्दै गणतन्त्रको रक्षाका लागि पार्टीका सबै नेता कार्यकतामा प्रशिक्षणका माध्यमबाट भ्रम चिर्ने धारणा राख्नु भयो ।
नेकपा कपिलवस्तुको जिल्ला सचिवालय वैठकलाई मदन आश्रित स्मृती भवन तौलिहवामा सोमबार सम्बोधन गर्दै यस्तो धारणा राख्नु भएको हो । त्यस्तै नेकपाका केन्द्रिय सदस्य एवम् राष्ट्रिय सभा सदस्य बिमला घिमिरेले नेकपाले थुप्रै होनहार कार्यकर्ता नेकपाले उत्पादन गरेको चर्चा गर्दै पार्टीले सबै कार्यकर्ताको उचित जिम्मेवारी प्रदान गर्ने बताउनु भयो । नेता घिमिरेले संकटका बेला कार्यकर्ताको पहिचान बन्ने बेला भएको जिकिर गर्नु भयो ।
वैठकमा नेकपाका केन्द्रिय सदस्य एवम् लुम्बिनी प्रदेश कार्यालय सचिव बलराम अधिकारीले सबै पार्टी कार्यकर्ता सुदृढ संगठन निर्माणमा एकिकृत हुन आग्रह गर्नु भयो । नेता अधिकारीले पार्टीका हरेक क्रियाकलापमा कार्यकर्ता सचेत रहनुपर्ने जिकिर गर्नु भयो ।
सचिवालय वैठकले फाल्गुण १ गते २ लाखको जनसहभागिता बुटवलमा हुने वृहत जनसभामा कपिलवस्तु जिल्लाको क्षेत्र नं. १ बाट १० हजार, क्षेत्र नं. २ बाट ८ हजार र क्षेत्र नं. ३ बाट ७ हजार गरी जिल्लाबाट २५ हजार जनसहभागिता गराउने निर्णय गरेको नेकपा कपिलवस्तुले जनाएको छ । त्यस्तै जनसहभागिताका लागि युवा, विद्यार्थी परिचालन गर्ने निर्णय गरेको छ । वैठकले जिल्लाका सबै वडा तहका वैठक माघ २५ गते भित्र सम्पन्न गर्ने निर्णय गरेको छ ।
वैठकले प्रतिनिधी सभा, प्रदेश सभाको जिम्मेवारी प्रदान गर्दै निर्वाचन क्षेत्र नं. नं. १ को सचिवमा बाबुराम आचार्यलाई जिम्मेवारी प्रदान गरेको छ ।
नेकपमा जिल्ला संयोजक झविलाल पोख्रेलद्धारा वैठकमा समग्र जिल्लाको प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो भने जिल्ला सहसंयोजक डम्मर प्रसाद शर्मा नेकपाका नेता बाबुराम खनाल, सिवि गहतराज, कृष्ण भण्डारीले वैठकमा क्षेत्रगत रिपोटिङ्ग प्रस्तुत गर्नु भयो ।
नेकपाका केन्द्रिय सदस्य एवम् जिल्ला संयोजक झविलाल पोख्रेलको अध्यक्षता, जिल्ला सचिव धर्मराज भुसालको संचालनमा सम्पन्न सचिवालय वैठकमा नेकपामा केन्द्रिय सदस्यहरु कृष्ण पौडेल, मोहमद मुस्तफा,शान्तिदेवी चमार, जंजिर प्रसाद चौधरी,नेकपाका प्रदेश कमिटी सदस्यहरु खुमप्रसाद आचार्य, टेकराज पौडेल,इन्द्रमणी पौडेल, राधिका गौतम, सुमित्रा दमै, घरवरण यादव लगायतको आतिथ्यता रहेको नेकपा जिल्ला प्रचार तथा प्रकाशन विभागले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

बुद्धभूमिमा भोली देखि सञ्चालन हुने राष्ट्रपति रनिङ शिल्ड तथा चौथो मेयर कप खेलकुद प्रतियोगिताको तयारी पुरा

ओम प्रकाश पौडेल । कपिलवस्तु १३ फागुन ।बुद्धभूमि नगरपालिकाको आयोजनामा भोली देखि फागनु...

जनताको जीत भएको छ: मौलाना मशहूद खांं नेपाली

कपिलवस्तु, फाल्गुन १२ नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) कृष्णानगर नगरकमिटी र राष्ट्रीय मदरसा संघ नेपालको संयुक्त...

वाणगंगा स्तरिय डोरीतान संगठन गठन

ओम प्रकाश पौडेल । कपिलवस्तु । १२ फागुन । कपिलवस्तु डोरीतान संघको आयोजनमा वाणगंगा नगरस्तरिय...

१३ दिनभित्र संसद बोलाउन सर्वोच्चको आदेश

प्रतिनिधिसभा पुनर्स्थापना काठमाडाैं : सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनर्स्थापना गर्ने फैसला गरेको छ। प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा...

Recent Comments