Home जिल्ला समाचार वाणगंगा सामुदायिक पुस्तकालयको चौथो साधारण सभा स्रष्टा सम्मान कार्यक्रम ।।

वाणगंगा सामुदायिक पुस्तकालयको चौथो साधारण सभा स्रष्टा सम्मान कार्यक्रम ।।

ओम प्रकाश पौडेल,

कपिलवस्तु, १९ माघ।
वाणगंगा सामुदायिक पुस्तकालयको चौथो साधारण सभा स्रष्टा सम्मान कार्यक्रम कपिलवस्तु उद्योग वाणिज्य संघको सभाहल ४ नम्बर जितपुरमा आज सम्पन्न भएको छ । पुस्तकालयका अध्यक्ष दीलिप कार्कीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा यस क्षेत्रमा क्रियाशिल साहित्यिक स्रस्टाहरु तथा शैक्षिक व्यक्तित्वहरुको उल्लेख्य सहभागीता रहेको थियो ।
कार्यक्रममा सामाजिक विकास डिभिजन कार्यालय कपिलवस्तुको प्रमुख नरेन्द्र बेल्वासेको प्रम्ुख आतिथ्यता, राष्ट्रिय गुरुकूल शिक्षा परिषदका सल्लाहकार सदस्य छन्दवादी साहित्य समाज केन्द्रिय संरक्षक तथा पूर्व केन्द्रिय सदस्य ऋषि केशब भारद्धाज, अर्घाखाँचीको मालारानी गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत तथा पुस्तकालयका संस्थापक विष्णु घर्ति भनभनेली, साहित्यकार हरिराज शर्मा, कपिलवस्तु उद्योग वाणिज्य संघका वरिष्ट उपाध्यक्ष रुक बहादुर भुषाल, कपिलवस्तु नागरिक समाजका अध्यक्ष दोलख बहादुर पछाई लगायतको आतिथ्यता तथा सचिव धर्मराज घिमिरेको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको आयोजकले जनाएको छ । कार्यक्रममा विभिन्न श्रष्टाहरुलाई सम्मान समेत गरिएको थियो । साहित्यकार पार्वती शर्मा र पुस्तकालयका सुभचिन्तक सहयोगी राधीका आचार्यलाई पनि सम्मान गरिएको हो ।
साथै भेलाले नयाँ कार्यसमिति समेत चयन गरेको छ । जस्को अध्यक्षमा पुनः दिलिप कार्की, उपाध्यक्षमा दोलख बहादुर पछाई, सचिवमाबुद्धि सागर बेल्वासे, कोषाध्यक्षमा चन्द्रकला बर्ताैला, र सदस्यहरुमा कृष्ण खनाल, नाथ्ुराम थारु, राधीका आचार्य लाई चयन गर्ने निर्णय गरेको छ । ११ सदस्यीय समितिको पूर्णताका लागि ४ सदस्य पछि मनोनित गर्ने बताइएको छ ।
यस्तै भेलाले ऋषि केशब भारद्धाजको संयोजकत्वमा ५ सदस्यीय सल्लाहकार समिति समेत चयन गरेको छ । जस्को अन्य सदस्यहरुमा कमल चुँदाली,देवि बहादुर पोख्र्रेल,जानका पन्थी र सागर श्रेष्ठ रहनु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

साउदी सरकार र नेपाल सरकार बिच हरेक क्षेत्रमा सुमधुर सम्बन्ध रहोस: मौलाना मशहूद

कपिलवस्तु, असोज, ७ साउदी अरब देशको ९१औ नेशनल डे को उवसरमा साउदी सरकार र साउदी...

उपाध्यक्ष मौलाना मशहूद र अल्कुफी ले संविधान दिवसको शुभकामना दिदै कार्यन्वयनमा ध्यान दिन आग्रह

कपिलवस्तु, असोज ३ आज असोज ३ गते अर्थात संविधान दिवस । २०६२,६३ कोे आन्दोलनको राजनीतिक परिवर्तपछि दोस्रो संविधान सभा...

चाइना उइगर मुस्लिम समुदाय माथि दमन गरि रहेको : प्रवक्ता अकरम पठान

कृष्णनगर/कपिलवस्तु भाद्र २७ जनता समाजवादी पार्टी नेपाल कृष्णनगर नगरसमितीको प्रथम पुर्ण बैठक शुद्धिकरण तथा जनजागरण...

नदिम अरशद इदरीसी द्वारा हरितालिका तिजको शुभकामना व्यक्त

कृष्णनगर, भाद्र २४ कपिलवस्तु जिल्लाको कृष्णनगर बस्ने जुझारू, कर्मठ, इमानदार, सेवाको भावना भएको, मानवतावादी व्यक्तित्व भएका युवा नेता...

Recent Comments