ओम प्रकाश पौडेल
कपिलस्तु । २० माघ ।
नेपाल कम्युनिष्ट पार्टी वाणगंगा ८ को बडा स्तरिय वैठक डोँडेकोलमा आज सम्पन्न भएको छ । वैठकले वडा कमिटीलाई विस्तार गरेको बताइएको छ । वैठकले वडा कमिटीमा थप ३१ जनालाई थप गरि विस्तार गरेको वडा सदस्य मञ्जु भटराईले जानकारी दिनुभयो ।
वडा कमिटि अध्यक्ष दुर्गा प्रसाद आचार्यको अध्यक्षतामा सम्पन्न वैठकमा राष्टिय सभा सदस्य विमला घिमिरेको प्रमुख आतिथ्यता रहेको थियो । पार्टीलाई सुदृढिकरण गरेर अगाडी बढाउनका लागि टोल टोलमा संगठन विस्तार गर्नु पर्ने बताउनुभएको छ ।