ओम प्रकाश पौडेल,
कपिलवस्तु, २० माघ ।
बाल आधारभूत विद्यालय वाणगंगा १० बनकट्टीका प्रधानध्यापकको निधन भएको छ । केशबराज काफ्लेको कोरोना संक्रमणका कारण ज्यान गएको बताइएको छ । ग्रान्डी अस्पताल काठमाण्डौमामाउपचारको क्रममा प्रधानध्यापकको ज्यानगए पछि विद्यालय शोकमा डुवेको छ ।
शिक्षक महासंघको वैठकले श्रद्धाञ्जली अर्पण गर्दै सोक सन्तप्त परिवार जन प्रति समवेदना प्रकट गरेको छ । साथै भोली वाणगंगा नगरभित्रको सम्पूर्ण सामुदायिक विद्यालय बन्द गर्ने निर्णय पनि गरेको महासंघ वाणगंगाका अध्यक्ष अर्नुन शाहिले जानकारी दिनभयो ।