ओम प्रकाश पौडेल कपिलबस्तु २२ माघ
यही माघ २३ र २४ गते भोली र पर्सी सम्पन्न हुन गइरहेको कपिलबस्तु उद्योग बाणिज्य सघंको अधिवेशनमा वरिष्ठ उपाध्यक्षमा स्वतन्त्र तर्फबाट रमेशचन्द्र भुषालले उम्मेदवारी घोषणा गर्नु भएको छ । उहाले विगत लामो समय देखि उद्योगी व्यापारीहरुको हितका निम्ती काम गर्दै आई रहेको बताउनुभयो । उद्योगीहरुले आफुलाइ विजयी गराउने आशावादी रहेको जनाउदै नेतृत्वमा आएसंगै व्यवसायि र कार कार्यालय विच रहेको दुरी, अन्तरद्धन्द्धलाई कम गर्दै जाने , घरधनी र भाडामा बस्ने उद्यमीहरु विच रहेको बैमस्यताको स्थितीलाई चिर्दै जाने आफ्नो लक्ष्य रहेको बताउनुभयो । उहाले युवाको प्रतिनिधी उम्मेदवारको रुपमा आफुलाई अगाडी सारेकोले अब युवाहरुले पनि सघंको नेतृत्व पाउनुपर्ने धारण राख्नुभयो ।
भुषाल कांग्रेस निकट व्यवसायि मानिनु हुन्छ । अधिवेशनको मिती नजिकीए सगै नया नेतृत्वका लागि व्यसायिहरुको दौडधुप बढेको छ । व्यवसायिहरु इतिवेला बजार पसल तथा उद्योग बाणिज्य सघंको कार्यालयमा नया नेतृत्व चयनको विषयमा आपसी छलफलमा व्यस्त छन् । आसन्न अधिवेशनमा कसलाई नेतृत्वमा लैजांदा व्यवसायिहरुको पक्षमा धेरै लाभ मिल्छ भन्ने विषयमा व्यवसायिहरु बिच चर्चा चुलिएको छ ।
यस्तै अर्का व्यवसायि नेत्र पाण्डेले पनि सघंको महासचिव पदमा स्वतन्त्र उम्मेदवारी घोषणा गर्नुभएको छ । लामो समय देखि व्यवसायिका हक हितका पक्षमा काम गर्दै आए पनि अवसर नदिए पछि बाध्य भएर स्वतन्त्र उम्मेदवारी घोषणा गर्नुपरेको बताउनुभयो । उहा नेकपा निकट लोकप्रिय व्यवसायि मानिनुहुन्छ । यसरी आसन्न चुनावमा मुख्य गरि नेकपा पक्ष र कांग्रेस पक्ष प्यानल विच मात्रै प्रतिस्प्रर्धा हुने अनुमान गरिएकोमा पछिल्लो समय स्वतन्त्र उम्मेदवारीको घोषणाले प्यानलका उम्मेदवारहरुको मत विभाजित हुने संकेत देखा परेको छ ।