Home जिल्ला समाचार दोहोरो राजश्व प्रणाली ब्यवसायीका निम्ति बाधक बेल्बासे

दोहोरो राजश्व प्रणाली ब्यवसायीका निम्ति बाधक बेल्बासे


कपिलवस्तु २२ माघ ।
उद्योगी, ब्यवसायीहरु दोहोरो राजश्व प्रणालीका कारण मारमा परेको दावी गर्दै त्यसलाई स्थानिय सरकार मार्फत खारेजीको एजेण्डा उठाउदै अगाडी बढने अध्यक्षका उम्मेद्वार टोपनारायण बेल्बासेले बताउनु भयो । अध्यक्षका उम्मेद्वार बेल्बासेले मूल्य अभिवृद्धि कर (भ्याट) र पानलाई प्रविधिमैत्री बनाई सहज बनाउदै लैजानुपर्नेमा जोड दिदै बजार मूल्यमा समेत एकरुपता कायम गर्ने विषय आगामी योजनामा प्राथमिक

बेल्बासेले खुला सिमानाका कारण एकातिर राज्यको राजश्व ठगी भएको र अर्को तर्फ खास ब्यवसायी मारमा परेको तर्क गर्दै उपभोक्तालाई सही मूल्यमा वस्तु उपलब्ध गराउनु पर्ने विषय आफुहरुको महत्वको विषय रहेको धारणा राख्नु भयो । बेल्बासेले औद्योगिक कोरिडोर निर्माण गर्ने विषय, उद्योगीको राष्ट्रिय, अन्तराष्ट्रिय अवलोकन भ्रमण, क्षमता तथा सिपको विकास, कृषि, पर्यटन, उद्यमको प्रवर्धन, युवा तथा महिला उद्यमी प्रवर्धन जस्ता विषयलाई आफुहरुले निकै महत्वका साथ अगाडी बढाउने धारणा राख्नु भयो ।

त्यस्तै बेल्बासे नेतृत्वको समूहले मेला, महोत्सवलाई समय सापेक्ष उपलब्धिमूलक बनाउने, बजारलाई समय सापेक्ष विविधीकरण गर्ने, ब्यवसायी, घरधनी बीच समन्वय गरी घरवहाल करलाई वैज्ञानिक बनाउदै लैजाने, ब्यवसायिक विमाका लागि अभियान नै संचालन गर्ने र संघको दैनिक सेवालाई चुस्त पार्दै संस्थागत विकासमा विशेष कार्य गर्ने प्रेस पाटीलाई उहाँले जानकारी दिनु भयो । कोभिडबाट आक्रान्त ब्यवसायीलाई राहत र उद्योगमैत्री वातावरण निर्माणका निम्ति आफ्नो नेतृत्वमा प्यानल सार्वजनिक गरिएको अध्यक्षका उम्मेद्वार टोपनारायण बेल्बासेले बताउनु भयो । सफल उद्योगी बेल्बासेलाई नेकपाका दुवै समूहको समर्थन रहेको र ब्यवसायिक क्षेत्रमा प्रभाव राख्नेहरु आफ्नो प्यानलमा रहेको उहाँको दावी छ ।

कपिलवस्तु उद्योग बाणिज्य संघको १४ औं साधारण सभा तथा सातौ अधिवेशन माघ २३ र २४ मा सम्पन्न हुने भएको हो । अध्यक्षका उम्मेद्वार बेल्बासे २०४८ साल देखि निरन्तर ब्यवसायीको पक्षमा आफुलाई उभ्याउदै र संघको स्थापना कालदेखी नै विभिन्न जिम्मेवारीहरु कुशलतापूर्वक सम्पन्न गरेको दावी गर्न भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
1
+1
0
+1
0
+1
0

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

बुद्धभूमिमा भोली देखि सञ्चालन हुने राष्ट्रपति रनिङ शिल्ड तथा चौथो मेयर कप खेलकुद प्रतियोगिताको तयारी पुरा

ओम प्रकाश पौडेल । कपिलवस्तु १३ फागुन ।बुद्धभूमि नगरपालिकाको आयोजनामा भोली देखि फागनु...

जनताको जीत भएको छ: मौलाना मशहूद खांं नेपाली

कपिलवस्तु, फाल्गुन १२ नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) कृष्णानगर नगरकमिटी र राष्ट्रीय मदरसा संघ नेपालको संयुक्त...

वाणगंगा स्तरिय डोरीतान संगठन गठन

ओम प्रकाश पौडेल । कपिलवस्तु । १२ फागुन । कपिलवस्तु डोरीतान संघको आयोजनमा वाणगंगा नगरस्तरिय...

१३ दिनभित्र संसद बोलाउन सर्वोच्चको आदेश

प्रतिनिधिसभा पुनर्स्थापना काठमाडाैं : सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनर्स्थापना गर्ने फैसला गरेको छ। प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा...

Recent Comments