Home अर्थ व्यवसायीहरु भिड्दै । नतिजा के आउला ?

व्यवसायीहरु भिड्दै । नतिजा के आउला ?

फाईल तस्विर

ओम प्रकाश पौडेल, कपिलवस्तु २५ माघ ।


उद्योग वाणिज्य संघको नेतृत्व हुत्याउनका लागि उद्योगिहरु यति बेला कम्मर कँसेर लागि रहेका छन् । सबेरै देखि राती अबेरसम्म उद्योगी व्यवसायिहरु संघका सदस्यहरु संगको घेटघाटमा व्यस्त छन् ।

सहमती गर्ने लामो कसरत सफल नभएपछि व्यवसायीहरुलाई मत तान्न मै भ्याई नभ्याई छ । उमेद्धारहरु प्रतिवद्धता घोषणा गर्न मै व्यस्त छन् ।
नेकपा समर्थित बरिष्ठ उपाध्यक्ष पदका उम्मेद्धवार छबि रेश्मी मगरले सबै ब्यवसायिका पिरमर्का बुझिरहेको बताउदै ब्यवासयिहरु संग सहकार्य गरि कपिलवस्तुमा उत्कृष्ट कार्य गर्दै जाने बताउनु हुन्छ ।


औद्योगिक करिडोरका लागि सम्बन्धित निकाय संग समन्वय गरि काम अघि बढाउने , ब्यवसायिहरुको लगानीको सुनिश्चितता गर्दै ब्यवसायीहरुको कर्जालाई सदुपयोग गरि ब्यवस्थित ढंगले अघि बढ्ने बताउनुभयो । सरकारका दिने कर्जा र अनुदान प्रायजसो ठूला ब्यापारीहरुले मात्र लिईरहेका बताउदै अब साना ब्यापारीहरुलाई पनि ति कर्जा र अनुदान दिनका लागि बिशेष पहल गर्ने रेश्मिको प्रतिवद्धता छ ।


सोहि प्यानलका महासचिबका पदका उम्मेद्धवार कुशल पौडेलले आफूहरु निर्वाचित भएमा पहिलो प्राथमिकता ब्यवसायिहरुका हकहितका लागि लड्ने पहिलो काम हुने भनाई छ । आफ्ना थुप्रै प्रस्ताब र योजनाहरु रहेको बताउदै कृषि र स्थानिय उत्पादनलाई प्रबद्र्धन गर्दै अघि बढ्न,े बिभिन्न राष्ट्रिय अन्तष्ट्रिय एक्सोपहरुमा भाग लिन प्रोत्साहन गर्ने बताउनुभयो । प्रबिधिको अधिकतम प्रयोग गरि उद्योगी ब्यापारीका समस्या समाधान तर्फ लाग्ने पनि पौडेलको तर्क छ ।
नेपाली कांग्रेश समर्थित प्यानलका महासचिब पदका लागि अर्का प्रत्यासी मनोज पौडेलले अध्यक्षले प्रस्तुत गरेका प्रतिबद्धताहरुमा आफू पूर्ण रुपमा क्रियशिल भएर काम गर्ने बताउनुभयो । संस्थागत र ब्यवसायिका हकहित क्षेत्रमा काम गर्ने जनाउनुभयो ।


नेकपा निकट उद्योगी व्यवसायी प्यानलका पदाधिकारीहरु र कंग्रेश निकट व्यवसायीका प्यानलका पदाधिकारीहरुले आ आफ्नै प्यानलको जित सुनिश्चित रहेको दावी गरि रहेका छन् । नेपाल कम्युनिष्ट पार्टीको छुटा छुटै समूहबाट अलग अलग उमेद्धारी नआई एउटा प्यानल मात्रै बनेपछि चुनावी अंक गणितमा आफूहरु अगाडी रहेको नेकपा समर्थित उद्योगी व्यापारीहरुको अनुमान छ ।


जे होस यो विषय त अधिवेशनले टुग्याउला नै तर पनि दुवै प्यानलका उमेद्धारहरुलाई शुद्धोधन अनलाईनको सुभकामना छ कि जारी अधिवेशनले वाणगंगाका उद्योगी व्यवसायिहरुको हक हितमा अनवरत रुपमा खटिने नेता छानोस ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

बुद्धभूमिमा भोली देखि सञ्चालन हुने राष्ट्रपति रनिङ शिल्ड तथा चौथो मेयर कप खेलकुद प्रतियोगिताको तयारी पुरा

ओम प्रकाश पौडेल । कपिलवस्तु १३ फागुन ।बुद्धभूमि नगरपालिकाको आयोजनामा भोली देखि फागनु...

जनताको जीत भएको छ: मौलाना मशहूद खांं नेपाली

कपिलवस्तु, फाल्गुन १२ नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) कृष्णानगर नगरकमिटी र राष्ट्रीय मदरसा संघ नेपालको संयुक्त...

वाणगंगा स्तरिय डोरीतान संगठन गठन

ओम प्रकाश पौडेल । कपिलवस्तु । १२ फागुन । कपिलवस्तु डोरीतान संघको आयोजनमा वाणगंगा नगरस्तरिय...

१३ दिनभित्र संसद बोलाउन सर्वोच्चको आदेश

प्रतिनिधिसभा पुनर्स्थापना काठमाडाैं : सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनर्स्थापना गर्ने फैसला गरेको छ। प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा...

Recent Comments