Home प्रदेश समाचार पाल्पामा रातिमा टिप्पर चलाउन रोक

पाल्पामा रातिमा टिप्पर चलाउन रोक

पाल्पा २६ माघ ।
पाल्पामा रातिमा टिप्पर चलाउन रोक लगाउँदै राजमार्गमा टिप्पर चलाउन टाइमकार्ड लागू गरिएको छ । राति ९ बजेदेखि बिहान ४ बजेसम्म तानसेन बजार हुँदै टिप्पर चलाउन नपाइने जिल्ला प्रशासन कार्यालय पाल्पाले जनाएको छ ।

प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा बसेको सर्वपक्षीय बैठकले टिप्पर सञ्चालनमा कडाइ गर्ने निर्णय गरेको हो । रातिमा टिप्पर चलाउँदा आएको आवाजले सडक छेउका घरमा समस्या भएको गुनासो आएपछि रातिको सात घण्टासम्म टिप्पर चलाउन रोक लगाइएको जिल्ला ट्राफिक प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।रातमा सुत्न नपाइने र दिउँसोमा धुलोसँगै भात खानुपर्ने बाध्यता रहेको भन्दै स्थानीयको पटक-पटक गुनासो गर्दै आएका थिए ।

बैठकले रिब्दीकोट गाउँपालिका–३ खस्यौलीको हार्थोकदेखि तिनाउ गाउँपालिका–२ दोभानसम्म साढे दुइ घण्टाको समय तोकिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

राष्ट्रीय मदरसा संघ नेपाल द्वारा ईद उल अज़हां(बकरा ईद)को शुभकामना व्यक्त

कृष्णनगर, कपिलवस्तु मुस्लिम धर्मावलंबी हरूले मनाउने महत्वपूर्ण चाड बकर इदको उपलक्ष्यमा राष्ट्रीय मदरसा संघ नेपालका...

बकर इदमा सार्वजनिक बिदा दिने मन्त्रिपरिषद्को निर्णयको राष्ट्रीय मदरसा संघ द्वारा स्वागत

कृष्णनगर, कपिलवस्तु सरकारले साउन ६ गते सार्वजनिक बिदा दिएको छ। सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले मुस्लिम...

मर्कजे अहले सुन्नत दरगाहें आला हजरत बरेलीको सहयोगले नेपालको गरिब परिवारमा राहत वितरण

कृष्णनगर/कपिलवस्तु कपिलवस्तुको कृष्णनगरमा रहेको अल जामियातुल बरकातिया लिलबनातमा कृष्णानगर नगरपालिका कोरोना प्रभावित गरिब पीड़ित असहाय...

Recent Comments