Home प्रदेश समाचार तुलसीपुर उपमहानगरपालिकामा स्मार्ट छोरी कार्यक्रम

तुलसीपुर उपमहानगरपालिकामा स्मार्ट छोरी कार्यक्रम

दाङ २७ माघ ।

दाङको तुलसीपुर उपमहानगरपालिकाले बालिकाको माध्यमिक शिक्षा सुनिश्चित गर्न तथा २० वर्ष नपुग्दै हुने विवाह रोक्न स्मार्ट छोरी कार्यक्रम सञ्चालन गरेको छ ।  उपमहानगरपालिकाले ‘स्मार्ट छोरी बिहेबारी बीस वर्ष पारि’ भन्ने नाराका साथ कार्यक्रम अघि बढाएको हो । कार्यक्रमअनुसार तुलसीपुर उपमहानगरपालिकाले नगरभित्रका सबै बालिकाको नाममा जन्मेदेखि बीस वर्ष नपुग्दासम्म प्रत्येक महिना एक सय रुपैयाँका दरले रकम जम्मा गरिदिन थालेको छ । २०७७ साउन १ गतेयता जन्मिएका सबै बालिका यो कार्यक्रममा सहभागी हुने उपमहानगरले जनाएको छ । जन्मेको पहिलो महिना एक हजार दुई सय रुपैयाँ र त्यसपछिका प्रत्येक महिना एक सय रुपैयाँ उपमहानगरले बचत गर्ने कार्यक्रम ल्याएको तुलसीपुर उपमहानगरपालिकाका मेयर घनश्याम पाण्डेयले जानकारी दिनुभयो ।

‘छोरीहरूलाई समतामूलक ढङ्गले अघि बढाउनका लागि गर्भदेखि स्वर्ग नपुग्दासम्मका लागि राज्यका तर्फबाट विशेष हेरचाह गर्नुपर्छ भनेर ध्यान पुर्‍याउन यो कार्यक्रम सञ्चालन गरिएको हो’, मेयर पाण्डेयले भन्नुभयो,  ‘यो कार्यक्रममा समाजमा विद्यमान कुरीति अन्त्यका लागि सहयोग पुग्ने छ ।’अहिले पनि समाजमा छोरीको उमेर नपुग्दै विवाह गरिदिने, शिक्षा–दीक्षामा कम चासो दिने र बीचमै पढाइ छोड्ने समस्या छ नै । स्मार्ट छोरी कार्यक्रमले समाजमा विद्यमान यस्ता समस्या घट्ने विश्वास कार्यक्रममा सहभागी अभिभावकहरूको छ । 

तुलसीपुर उपमहानगरपालिका १० राइखल्यानका मनोजकुमार आचार्य उपमहानगरपालिकाले ल्याएको यो कार्यक्रमबाट छोरीहरूको शिक्षामा सहयोग पुग्ने बताउनुहुन्छ । ‘नगरपालिकाले सुरु गरेको स्मार्ट छोरी कार्यक्रम एकदमै प्रभावकारी छ, राम्रो छ’, आचार्यले भन्नुभयो, ‘यसले समाजमा विद्यमान समस्या न्यूनीकरण गर्न सहयोग गर्नेछ ।’तुलसीपुर उपमहानगरपालिकाभित्र वार्षिक १२ सयदेखि १५ सय छोरीहरू जन्मने आँकलन गरिएको छ । यसका लागि बालिकाको अनिवार्यरूपमा जन्मदर्ता भएको हुनुपर्दछ । यसरी जम्मा भएको रकम निकाल्न सम्बन्धित बालिकाले १२ कक्षा पास गरेको र बीस वर्ष पूरा गर्दासम्म विवाह नगरेको हुनुपर्ने नगर प्रमुख पाण्डेले बताउनुभयो ।

१२ कक्षा उत्तीर्ण नगर्दै पढाइ छाडेमा वा बीस वर्ष नपुग्दै विवाह गरेमा भने खातामा जम्मा भएको रकम उपमहानगरकै खातामा फिर्ता आउने उपमहानगरपालिकाले जनाएको छ । यो खातामा सम्बन्धित बालिकाले पनि रकम जम्मा गर्न सक्नेछन् । महिलाको समतामूलक विकासका लागि स्मार्ट छोरी कार्यक्रम ल्याइएको नगर प्रमुख पाण्डेयले बताउनुभयो ।कारणवश समयअघि नै बालिकाको मृत्यु भएमा, गम्भीर प्रकृतिको रोग लागेर माध्यमिक तह पूरा गर्न नसकेमा वा संरक्षकको मृत्यु भएर आर्थिक कठिनाइ भएको खण्डमा त्यतिबेलासम्मको पूरै रकम बालिकाले निकाल्न पाउने प्रावधान राखिएको तुलसीपुर उपमहानगरले जनाएको छ  ।

उपमहानगरपालिकाका १९ वटै वडाका लागि स्मार्ट छोरी कार्यक्रम ल्याइएको छ । कार्यक्रम कार्यान्वयनका लागि गाउँतहमै पुगेर पैसा जम्मा गर्ने व्यवस्था गर्नका लागि दुई वटा बैंकसँग सम्झौता गरेर वडा कार्यालयमार्फत सम्बन्धित सबैलाई जानकारी गराउने काम भइरहेको उपमहानगरका महिला, बालबालिका तथा सामाजिक विकास शाखा अधिकृत माया श्रेष्ठले बताउनुभयो । ‘बैकहरूसँग सम्झौता गरिसकेपछि सम्बन्धित वडाहरूलाई पत्राचार गर्ने काम गरिसकेका छौँ’, शाखा अधिकृत श्रेष्ठले भन्नुभयो, ‘अभिभावकहरू सम्पर्कमा आइरहेका छन्, यो वर्षको रकम एकमुष्ट असारसम्म सम्बन्धित बालिकाको खातामा जम्मा गरिदिने छौँ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

कपिलवस्तुमा कोरोना संक्रमितको संख्या निरन्तर घटदै

१ सय ५९ जना सकृय संक्रमित कपिलवस्तु ५ असारकपिलवसतुमा सकृय कोरोना सक्रमितको सख्या निरनतर घटदै गएको छ । स्वास्थ्य कार्यालय अनुसार शनिवार...

दोस्रो लहरमा रुपन्देहीमा ३१९ संक्रमितको मृत्यु, ।।

३० देखि ४९ वर्ष समूहका मात्रै २९ प्रतिशत ।।असार ५, भैरहवा–रुपन्देहीमा कोरोना भाइरस संक्रमणबाट हाल सम्म ४७६ जना कोरोना संक्रमितको मृत्यु भएको...

नेविसंघ र तरुण दल विपन्नको सहयोगमा जुट्दै ।।

५ असार कपिलवस्तु ।विपद् होस या अन्य समस्या समुदायमा देखिन साथ नेविसंघ र नेपाल तरुण दलका प्रतिनिधि समुदायमा पुने गर्दछन् ।विश्वभर...

प्रांगारिक खेती प्रर्बद्धन गर्न वाणगंगा २ का महिला कृषक समूहलाई उपकरण हस्तान्तरण ।।

पार्बती आचार्य कपिलवस्तु, ५ असार ।बाणगंगा नगरपालिका वडा नं. २ गोबडीहवास्थित ज्योती महिला कृषक समूहमा सञ्चालन भैरहेको...

Recent Comments