Home जिल्ला समाचार कोरोनाको प्रभाव घटेसंगै बुद्धभूमि नगरपालिकाको सक्रियता ।।

कोरोनाको प्रभाव घटेसंगै बुद्धभूमि नगरपालिकाको सक्रियता ।।

फाइल तस्वीर

ओम प्रकाश पौडेल ।
फागुन ३ कपिलवस्तु ।

कोरोनाको प्रभाव कम भए संगै कपिवस्तुको बुद्धभूमि नगरपालिका चालु आर्थिक वर्षका योजना कार्यान्वयनमा सक्रियताका साथ लागेको छ । यो भन्दा पहिलो आर्थिक वर्षमा कोरोनाको कारण थलिएका नगरका गतिविधिहरुले यस आर्थिक वर्षमा भने गति लिएका छन् । चालु आर्थिक वर्षमा कुल विनियोजित ९५ करोड ९२ लाख रुपैयाँ मध्ये हाल सम्म पूँजीगत तर्फ ४ करोड ४३ लाख ३४ हजार २ सय १९ रुपैयाँ र चालु तर्फ १२ करोड ६६ लाख १६ हजार रुपैयाँ हाल सम्मखर्च भैसकेको नगरपालिकाका लेखा अधिकृत राम प्रसाद भटराईले जानकारी दिनुभयो ।
बुद्धभूमि नगरले कुरालाई भन्दा पनि कामलाई प्रमुख प्राथमिकतामा राखेकोले दु्रत गतिमा विभिन्न कार्यक्रम तथा योजनाको कार्यान्वयन भैरहेको नगर प्रमुख केशब श्रेष्ठले धारणा राख्नु भयो ।
नगरले सातौँ नगर सभाबाट पारित योजनाहरु मध्ये ठुला प्रकृतिका योजनाहरुको प्रतिश्पर्धाको माध्यमद्धारा निर्माण कार्य गराउने प्रयोजनका लागि हाल सम्म २६ वटा योजनाको ठेक्का संझौता सम्पन्न भएको, चालु आर्थिक वर्षमा १५ वटा कार्याविधी निर्माण सम्पन्न भएको र उपभोक्ता समिति मार्फत गरिने १ सय ४२ वटा योजनाको सम्झौता सम्पन्न भई त्यस्को कार्यान्वयनको कार्य अगाडी बढेको प्रमुख प्रशासकिय अधिकृत अनिल पौडेलले जानकारी दिनु भयो । दुई लाख सम्मका सबै खालका योजना मध्ये १९ वटा सम्पन्न पश्चात भुक्तानी भैसकेको र बाँकी ४२ वटा सम्झौता भई कार्यान्वयनको क्रममा रहेको पनि पौडेलले जानकारी दिनुभयो ।

ंयस्तै नगरको सामाजिक विकास शाखा तर्फका योजना तथा कार्यक्रमहरुले पनि गति लिएका छन् । लोपोन्मुख बादी जातीलाई व्यवसायीक बाख्रापालन कार्यक्रम, लैंगिक हिंसा विरुद्ध १६ दिने अभियान सञ्चालन, अपांग लक्षित कार्यक्रम अन्तर्गत सम्मान तथा अपांगता भएकाहरुलाई सञ्चारको सुविधामा ल्याउनका लागि ८० थान मोबाईल सेट वितरण, बालदिवसका अवसरमा बक्तृत्वकला हाजिरिजवाफ प्रतियोगिता कार्यक्रम भएका छन् ।
यस्तै न्यानो कपडा वितरण, ५ सय ४२ जनाको अपांगता परिचय पत्र अध्यावधिक तथा वितरण र इलाका प्रहरी कार्यालय गोरुसिंगे, चौरी बेसक्याम्प तथा पत्थरकोट प्रहरीबाट तथ्यांक लिई वडामा क्याम्प गरेर लोपोन्मुख जातिका लागि ग्याँस चुलो वितरण कार्य पनि सम्पन्न भएको नगरका समाजिक विकास शाखा अधिकृत अमृता पाण्डेले बताउनुभयो ।
नगरको दक्षिण क्षेत्रमा रहेका कतिपय इट्टा उद्योगहरुले बालश्रम शोषण गरिरहेको, बालबालिकाहरुमा कुपोषण तथा सरसफाईको अवस्था कमजोर रहेको, बालिकाहरु माथी हुने लैंगिक हिंसा नियन्त्रण गर्नुपर्ने अवस्था रहेको र अपांगता भएका विद्यार्थीहरुका लागि सहायता सामग्रीको अत्यन्तै आवश्यकता रहेको पाण्डेको भनाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

बुद्धभूमिमा जारी खेलकुद अन्तर्गत आइतबार पनि विभिन्न स्पर्धा सम्पन्न ।। फागुन १४ देखि जारी प्रतियोगिता सोमबार समापन हुँदै ।।

ओम प्रकाश पौडल । कपिलवस्तु । १६ फागुन ।बुद्धभूमि नगरपालिकामा जारी राष्ट्रपति रनिङ शिल्ड तथा चौथो मेयर कप प्रतियोगिता अन्तर्गत आइतबार पनि...

मानिस हराएकोले खोजि गरिदिनुहुन परिवारको अपिल

ओम प्रकाश पौडेल । १६ फागुन, कपिलवस्तु ।यहिफागुन ९ गते स्यांजा देखि बुटवल हुँदै कपिलवस्तु बोडगाउँ आउने क्रममा आफ््ना पिता हराई रहेकोले...

बुद्धभूमिमा भोली देखि सञ्चालन हुने राष्ट्रपति रनिङ शिल्ड तथा चौथो मेयर कप खेलकुद प्रतियोगिताको तयारी पुरा

ओम प्रकाश पौडेल । कपिलवस्तु १३ फागुन ।बुद्धभूमि नगरपालिकाको आयोजनामा भोली देखि फागनु...

जनताको जीत भएको छ: मौलाना मशहूद खांं नेपाली

कपिलवस्तु, फाल्गुन १२ नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) कृष्णानगर नगरकमिटी र राष्ट्रीय मदरसा संघ नेपालको संयुक्त...

Recent Comments