Home प्रदेश समाचार तीन वर्षमा लुम्बिनी प्रदेशको विकास निर्माणमा अनुकूल आधार तयार- मुख्यमन्त्री पोखरेल

तीन वर्षमा लुम्बिनी प्रदेशको विकास निर्माणमा अनुकूल आधार तयार- मुख्यमन्त्री पोखरेल

कपिलवस्तु फाल्गुण ३ ।
लुम्बिनी प्रदेश सरकारले आफ्नो तेस्रो स्थापना दिवस (सोमबार) दाङकोराप्तीगाउपालिकामा मनाएको छ । कार्यक्रममा बोल्दै लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले प्रदेश स्थापनाको तीन वर्ष पूरा भएको अवसरमा प्रदेश सरकार नागरिकको नजिकको सरकारको रुपमा स्थापित हुन सफल भएको उहाँले उल्लेख गर्नुभएको छ ।


संघीय शासन व्यवस्थामार्फत नागरिकका चुलिएका जनआकांक्षा पूरा गर्न आफुहरु प्रतिबद्ध रहेको भन्दै मुख्यमन्त्री पोखरेलले प्रदेश सरकारले शून्यबाट काम थाल्दै अघि बढ्दै गर्दा यो तीन वर्षको अवधिमा शासन प्रणालीको बलियो आधार तयार गर्न सफल भएको बताउनुभएको छ। तीन वर्षको अवधिमा प्रदेशको आवधिक योजना तयार भएको बताउँदै पोखरेलले सरकार सञ्चालनका लागि चाहिने आधारभूत कानून निर्माण गर्न सफल हुँदै सहज यात्राको बाटो तयार भएको जानकारी दिनु भएको छ।
प्रदेशको राजधानी र नाम सबैले अपनत्व महशुस गर्ने गरी विवादरहित ढंगले टुंगो लगाउन सफल भएको भन्दै उहाँले शून्यबाट काम थाल्दै अघि बढेको प्रदेश सरकार यतिखेर नागरिकले सुन्ने र देख्ने विन्दुमा आइपुग्दा एउटा छुट्टै खुशीको क्षणमा रहेको बताउनुभएको छ ।
स्थापना दिवस ३ दिन मनाउने प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले निर्णय गरेको थियो । स्थापना दिवसको मूल समारोह प्रदेशको स्थायी राजधानी तोकिएको दाङको देउखुरीस्थित राप्ती प्राविधिक शिक्षालयको प्रांगणमा भएको छ । मुल समारोहलाई प्रदेश प्रमुख धर्मनाथ झाको उपस्थितिमा मुख्यमन्त्री शंकर पोखरेलले सम्बोधन गर्नुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

राष्ट्रीय मदरसा संघ नेपाल द्वारा ईद उल अज़हां(बकरा ईद)को शुभकामना व्यक्त

कृष्णनगर, कपिलवस्तु मुस्लिम धर्मावलंबी हरूले मनाउने महत्वपूर्ण चाड बकर इदको उपलक्ष्यमा राष्ट्रीय मदरसा संघ नेपालका...

बकर इदमा सार्वजनिक बिदा दिने मन्त्रिपरिषद्को निर्णयको राष्ट्रीय मदरसा संघ द्वारा स्वागत

कृष्णनगर, कपिलवस्तु सरकारले साउन ६ गते सार्वजनिक बिदा दिएको छ। सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले मुस्लिम...

मर्कजे अहले सुन्नत दरगाहें आला हजरत बरेलीको सहयोगले नेपालको गरिब परिवारमा राहत वितरण

कृष्णनगर/कपिलवस्तु कपिलवस्तुको कृष्णनगरमा रहेको अल जामियातुल बरकातिया लिलबनातमा कृष्णानगर नगरपालिका कोरोना प्रभावित गरिब पीड़ित असहाय...

Recent Comments