Home खेलकुद पिपरामा जारी प्रथम हिलबर्ट खुल्ला महिला भलिबल च्यम्पीयनसिपमा कुवँरवर्ति, एभरेष्ट, होराइजन स्पोर्टस...

पिपरामा जारी प्रथम हिलबर्ट खुल्ला महिला भलिबल च्यम्पीयनसिपमा कुवँरवर्ति, एभरेष्ट, होराइजन स्पोर्टस र न्यु डायमण्ड सेमिफाइनल प्रवेश ।। सेमि फाइनल तथा फाइनल खेल भोली नै संचालन हुने ।।

ओम प्रकाश पौडेल ।

कपिलवस्तु ३ फागुन ।

प्रथम हिलबर्ट खुल्ला महिला भलिबल च्याम्पीयनसिप २०७७ आज दोस्रो दिन पनि वाणगंगा २ पिपरा स्थित हिलबर्ट इग्लिस बोर्डिङ स्कुलको खेल मैदानमा जारी रहेको छ ।
राष्टका लागि खेलकु्द स्वास्थ्यका लागि खेलकुद सबैका लागि खेलकुद भन्ने नाराका साथ जिल्लामा राष्टिय स्तरको भलिबल खेल प्रतियोगिता आइतबार देखि सुरु भएको हो । प्रतियोगिता अन्तर्गत आज ५खेल भएका छन् ।

न्यु डायमण्ड एकाडमी काठमाण्डौ र एभरेष्ट बोर्डिङ स्कुल बुटवल विच सम्पन्न खेलमा न्यु डायमण्ड एकाडमी विजयी भएको छ । उस्ले २५।१३, २५।८ र २५।१३को सोझो सेटमा एभरेष्टलाई पराजित गरेको छ । खेलमा म्यान अफ दि म्याच बाल्मिका आचार्य हुनु भएको छ । कुवँरवर्ति इग्लिस बोर्डिङ स्कुल रातो र दीप बोर्डिङ स्कुल बुटवल विच आजै सम्पन्न पहिलो क्वाटर फाइनल खेलमा कुवँरवर्ति इग्लिस बोर्डिङ स्कुल विजयी भएको छ । २५।६,२५।११ र २५।९ को सोझो सेटमा कुवँरवर्ति विजयी भएको हो । खेलमा म्यान अफ दि म्याच दिपका पूजा सेन ठकुरी घोषित हुनु भएको छ ।


हिलवर्ट स्कुल र एभरेष्ट स्कुल विच सम्पन्न दोस्रो क्वाटर फाइनल खेलमा एभरेष्टले २५।१५, २५।१३ र २५।२२ को सोझो सेटमा हिलबर्टलाई पराजित गरेको छ । खेलमा एभरेष्टकी मनिता चौधरी म्यान अफ दि म्याच घोषित भएकी छिन् ।होराईजन स्पोर्टस क्लब र शान्त भलिवल टेनिङ सेन्टर विच सम्पन्न तेस्रो क्वाटर फाइनल खेलमा होराइजन स्पोर्टस २५।७, २५।१७ र २५।१५ को सोझो सेटमा विजयी भएको छ । खेलमा म्यान अफ दि म्याच होराइजनकी लक्ष्मी चन्द घोषित हुनुभएको छ।


त्यस्तै न्यु डायमण्ड एकाडमी र कुवँरवर्ति इग्लिस बोर्डिङ स्कुल ह्वाइट विच सम्पन्न चौथो तथा अन्तिम क्वाटर फाइनल खेलमा न्यु डायमण्ड २५।५, २५।२ र २५।९ को सोझो सेटमा विजयी भएको छ । खेलमा म्यान अफ दि म्याच न्यु डायमण्डकी रिया कुवँर घोषित हुनु भएको छ ।

प्रतियोगिता अन्तर्गत सेमिफाइनल र फाइनल खेल भोली विहान ८ बजे देखि सुरु हुने शिक्षिका विपना थापाले जानकारी दिनुभयो । प्रतियोगिताको विजेताले १ लाख रुपैयाँ, उपविजेताले ७० हजार रुपैयाँ, तेस्रो हुनेले ४० हजार रुपैयाँ र शान्तवना हुनेले २० हजार रुपैयाँ रकम ट्रफि मेडल र प्रमाण पत्र प्राप्त गर्ने आयोजकले जनाएको छ । यस अघि हिजो सम्पन्न विभिन्न ३ खेलमा कुवरँवार्ति इग्लिस बोर्डिङ स्कुल रातो, हिलबर्ट इग्लिस बोर्डिङ स्कुल कपिलवस्तु र होराइजन स्पोर्टस क्लबले जित हात पारेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

राष्ट्रीय मदरसा संघ नेपाल द्वारा ईद उल अज़हां(बकरा ईद)को शुभकामना व्यक्त

कृष्णनगर, कपिलवस्तु मुस्लिम धर्मावलंबी हरूले मनाउने महत्वपूर्ण चाड बकर इदको उपलक्ष्यमा राष्ट्रीय मदरसा संघ नेपालका...

बकर इदमा सार्वजनिक बिदा दिने मन्त्रिपरिषद्को निर्णयको राष्ट्रीय मदरसा संघ द्वारा स्वागत

कृष्णनगर, कपिलवस्तु सरकारले साउन ६ गते सार्वजनिक बिदा दिएको छ। सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले मुस्लिम...

मर्कजे अहले सुन्नत दरगाहें आला हजरत बरेलीको सहयोगले नेपालको गरिब परिवारमा राहत वितरण

कृष्णनगर/कपिलवस्तु कपिलवस्तुको कृष्णनगरमा रहेको अल जामियातुल बरकातिया लिलबनातमा कृष्णानगर नगरपालिका कोरोना प्रभावित गरिब पीड़ित असहाय...

Recent Comments