Home जिल्ला समाचार प्रधानमन्त्री ओलीको असंबैधानिक कदम बिरुद्ध कपिलवस्तु कांग्रेसद्धारा बिरोध सभा

प्रधानमन्त्री ओलीको असंबैधानिक कदम बिरुद्ध कपिलवस्तु कांग्रेसद्धारा बिरोध सभा

कपिलवस्तु ३ फागुन
प्रधानमन्त्री केपी ओलीको असंबैधानिक कदम बिरुद्ध नेपाली कांग्रेस कपिलवस्तुले तौलिहवामा बिरोध सभा गरेको छ । तौलिहवा स्थित बुद्धपदम उमाबिको मैदानबाट प्रशासन चोक सम्म रुपाली निकाली ओली सरकार बिरुद्ध चर्का नाराबाजी समेत गरिएको थियो ।


सो अवसरमा नेपाली कांग्रेस केन्द्रिय सदस्य अतहर कमालले ओली प्रधानमन्त्री भए देखि अधिनायकबाद तर्फ उन्मुख भएको बताए । राज्यको हरेक संयन्त्रमा कब्जा गर्दै ओलीले निरंकुशता ल्याउन उद्दत रहेको उनले बताए । सबिधानिक ओयोगहरुमा ओलीले कब्जा गरेर संघीयता नै खारेज गर्नै तर्फ लागेको बताए ।
न्यायलय, निर्वाचन आयोगलाई दबाव दिएर ओलीले सबै क्षेत्रमा कब्जा गर्न खोजेको बताए । ‘ ओलीले लोकतान्त्रिक संबिधानलाई नै खारेज गर्न लागेका छन, त्यसैको बिरोध गरी संबिधानको रक्षा गर्न कांग्रेसले यो कार्यक्रम गरेका हो । ’ उनले भने । कांग्रेसका आमन्त्रित केन्द्रिय सदस्य अभिषेक प्रताप शाहले सिमा नाकामा आवतजावत रोकेर ओली सरकारले जनतलाई अनावश्यक दुःख दिएको बताए ।

उनले ओलीले जति ठुलो प्रयास गरे पनि असफल हुने. भन्दै अन्तिममा जनता कै जित हुने उनले बताए । उनले केही दिन अघि लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोख्रेलले कपिलवस्तु क्षेत्र नम्बर ३ मा नेकपाले जित्ने भन्दै बुटवलमा भनेको प्रति आपत्ति जनाउदै त्यहा कांग्रेसलाई कसैले हराउन नसक्ने दाबी गरे । अर्का केन्द्रिय सदस्य राजेश सिंहले ओलीले आफनो पार्टीको झगडा मिलाउन नसकेर आफनो स्वार्थकालागि ससद बिघटन गरेको बताए ।


उनले बर्तमान सरकारले निर्वाचनको नाटक गरेर सत्ता लम्बाउने खेलमा लागेको बताए । सो अवसरमा पार्टीै जिल्ला सभापति सुरेन्द्र राज आचार्यले कम्निष्ट सरकारले मुकुलको निशान दिन नसक्ने बताए । ओलीको दुई तिहाई सरकार भष्ट्राचारमा लिप्त रहेको र अहिले आधिकारिकरुपमा बिभाजित नभए पनि शक्ति प्रर्दशनमा लागेको बताए । उनले कांग्रेसले मात्र मुलुकमा स्थितिा र विकास दिने दाबी गरे ।


कार्यक्रममा पुर्वं पार्टी सभापति राजेश आचार्य, सुधाकर पाण्डेय, महिला संघकी केन्द्रिय सदस्य ईन्दिरा भट्टराई तरुण दलका जिल्ला सभापति शक्ति सिंह ठकुरी, नेबि संघका जिल्ला सभापति राकेश पाण्डेय लगायतले मन्तब्य दिएका थिए । कार्यक्रम पार्टी सभापति आचार्यको अध्यक्षता र प्रकाश घिमिरेको संचालनमा भएको सित्ता लम्बाउन कै लागि प्रधानमन्त्री केपी शर्मा ओलीले संसद बिघटन गरेको जनता समाजबार्दी पार्टीका नेता राजेन्द्र महतोले बताएका छन् । कपिलबस्तु पे्रस नेपाल तौलिहवा पत्रकार सम्मेलनमा उनले यस्तो बताएको छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

अक्सिजन नपाएर अस्पतालमै ८ संक्रमितको मृत्यु

30 वैशाख, बुटवल । रुपन्देहीका अस्पतालमा उपचाररत ८ जना कोरोना संक्रमितको अक्सिजन नपाएर मृत्यु...

बैशाख ३० मा रमजान र ३१ शुक्रवारका दिन ईद उल फितर मनाइने: राष्ट्रीय मदरसा संघ नेपाल

२९, बैशाख, कपिलवस्तु आज नेपालको कुनै पनि भागमा चन्द्रमा देखिएन न त छिमेकी...

कपिलवस्तुमा जेष्ठ १० सम्म निषेधाज्ञा

२०७८ बैशाख २९ , कपिलवस्तु कपिलवस्तुमा बैशाख ३१ गतेसम्मको निषेधाज्ञा (लकडाउन) जेष्ठ १० सम्म थप हुने भएको छ...

तौलिहवा अस्पतालमा आउने अक्सिजन हाईज्याक, उपचाररत ५५ जनाको जीवन रक्षा गर्न अधिकारकर्मीको माग

कपिलवस्तु २८ बैशाख । कपिलवस्तु अस्पताल तौलिहवामा नियमित रुपमा आउने गरेको ५० सिलिण्डर अक्सिजन रुपन्देही प्रशासनको आदेशमा हाई ज्याक...

Recent Comments