Home जिल्ला समाचार अबैध सामानबाट ७ महिनामै तीन गुणा बढि राजस्व संकलन

अबैध सामानबाट ७ महिनामै तीन गुणा बढि राजस्व संकलन


ओम प्रकाश पौडेल , कपिलवस्तु । ४
कपिलवस्तु प्रहरीले अबैध सामान नियन्त्रणमा क्रियशिलता बढाएको छ । प्रहरी सक्रिय भए संगै यस आर्थिक बर्षको ७ महिनामै तीन गुणा बढि राजस्व संकलन भएको छ । प्रहरीले चालु आर्थिक वर्षमा अपराध गरि फरार रहेकाहरुलाई पक्राउ गर्ने, अबैध लागू औषधका कारोबारीहरुलाई पक्रिने, भन्सार छलि ल्याएका अबैध सामान बरामद लगायतका कार्यहरुमा विशेष सक्रियताका साथ काम गरिरहेको छ । चालु आर्थिक वर्षको सात महिना २०७७ माघ मसान्त सम्ममा जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले विभिन्न समयमा विभिन्न स्थानबाट बरामद गरेका अबैध सामानहरु बाट ३ करोड बढि राजस्व संकलन भएको छ ।
साथै सो अवधीमा १२० जना फरार प्रतिवादीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी उपरिक्षक नवराज अधिकारीले बताउनुभयो ।

त्यसरी अवैध सामानबाट ३ करोड २० लाख ७ हजार ६ सय ९२ रुपैयाँ राजस्व संकलन जिल्ला प्रहरी संग तथ्यांक छ । गत आर्थिक वर्षमा १ करोड २ लाख १९ हजार ३ सय ६१ रुपैयाँ मात्र जरिवान स्वरुप राजश्व संकलन भएकोमा यस बर्ष प्रहरीले विशेष कढाई गरेकोले ७ महिनामै तीन गणा बढि राजस्व संकलन भएको हो । यस्तै नदिजन्य पदार्थ तर्फ गत वर्ष १ लाख ५० हजार मात्रै राजस्व संकलन भएकोमा यस आर्थिक वर्षमा माघ मसान्त सम्म ११ लाख २० हजार रुपैयाँ संकलन भैसकेको

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

राष्ट्रीय मदरसा संघ नेपाल द्वारा ईद उल अज़हां(बकरा ईद)को शुभकामना व्यक्त

कृष्णनगर, कपिलवस्तु मुस्लिम धर्मावलंबी हरूले मनाउने महत्वपूर्ण चाड बकर इदको उपलक्ष्यमा राष्ट्रीय मदरसा संघ नेपालका...

बकर इदमा सार्वजनिक बिदा दिने मन्त्रिपरिषद्को निर्णयको राष्ट्रीय मदरसा संघ द्वारा स्वागत

कृष्णनगर, कपिलवस्तु सरकारले साउन ६ गते सार्वजनिक बिदा दिएको छ। सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले मुस्लिम...

मर्कजे अहले सुन्नत दरगाहें आला हजरत बरेलीको सहयोगले नेपालको गरिब परिवारमा राहत वितरण

कृष्णनगर/कपिलवस्तु कपिलवस्तुको कृष्णनगरमा रहेको अल जामियातुल बरकातिया लिलबनातमा कृष्णानगर नगरपालिका कोरोना प्रभावित गरिब पीड़ित असहाय...

Recent Comments