परासी —
स्थानीय तहले किसानको समस्या समाधान गर्न नससकेको भन्दै पश्चिम नवलपरासीको बर्दघाट नगरपालिकाका किसानले नगर प्रमुखको कार्यकक्षमा गोलभेडा फालेर विरोध जनाएका छन् । भारतीय गोलभेडा खुल्लमखुला बजारमा भित्रिएको र स्थानीय तहले किसानको समस्या समाधान गर्नेतर्फ योजना नल्याएको भन्दै नगरपालिकाको कार्यालय अगाडी, नगर प्रमुखको कार्यकक्ष र सडकमा गोलभेडा फ्याँकेर विरोध जनाएका हुन् ।
नगर प्रमुखलाई आफ्नो समस्याबारेमा जानकारी गराउन खोज्दा नगर प्रमुख धिरज शर्मा बस्यालले समयम नदिएपछि किसानले उनको कार्यकक्षमा समेत गोलभेडा फ्याँकिएको स्थानीय कृषक सन्त बहादुर चौधरीले बताए ।