रुपन्देहि ५ फागुन ।
रुपन्देहीमा पाँच सय बढी मासु पसल अबैध रुपमा सञ्चालन भैरहेका छन् । मापदण्डमा ल्याउन स्थानिय सरकारले केही पहल गरेको छैन् । जसले गर्दा बजारमा अस्वस्थकर मासुको बिक्रि बढेको छ भने सरकारले राजश्व गुमाइरहेको छ । तथ्यांक अनुसार रुपन्देहीमा एक हजार ७० जना व्यवसायी, समितिमा दर्ता भएर सञ्चालन भैरहेका छन् । अझै १३ सय बढी व्यवसायी, मासु व्यवसायी समितिमा दर्ता छैनन् । करिव २४ सय मासु व्यवसायीमा मात्रै ७० प्रतिशत करको दायरामा छन् । निश्चित पसल सञ्चालन नगरी खुला रुपमा मासु बिक्रि गर्ने दुई सय बढी छन् ।
सरकारले तोकेको मापदण्ड पालना नगरेका व्यवसायीहरु बिना दर्ता रोकटोक बिनै सहजै व्यवसाय गरिरहेका छन् । यसरी अबैध रुपमा सञ्चालन गरेका व्यवसायीले अस्वस्थकर मासु बिक्रि गर्ने गरेको मासु व्यवसायी समितिको आरोप छ । हरेक दिन भारतबाट लुकीछिपी कुखुरा, खसीबाख्रा आएपनि रोक्ने पहल नहुँदा सधैँ मूल्यमा अस्वस्थ प्रतिस्पर्धा हुने गरेको उनीहरुको गुनासो छ
रुपन्देहीको भारततर्फ ६० किलोमिटर सिमा क्षेत्र छ । सिमित क्षेत्रहरुमा सुरक्षा निगरानी भएपनि अधिकांश ठाउँमा सुरक्षा व्यवस्था छैन् । करिव तीन वर्ष यता रुपन्देहीका मासु पसलहरु अनुगमन गरिएको छैन् । अनुगमनको जिम्मा पाए पनि स्थानिय सरकार तथा अन्य सरोकारवाला निकाय मौन छन् ।