Home Uncategorized जनताको जीत भएको छ: मौलाना मशहूद खांं नेपाली

जनताको जीत भएको छ: मौलाना मशहूद खांं नेपाली

कपिलवस्तु, फाल्गुन १२

नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) कृष्णानगर नगरकमिटी र राष्ट्रीय मदरसा संघ नेपालको संयुक्त आयोजनामा संसद पुर्नवहालीको लागि न्यायालयले गरेको फैसलाको स्वागत गर्दै कार्यकर्ताहरु ले एक अर्का लाई मिठाई खुवाउदै खुश्याली मनाएका छन।कृष्णनगर नपा वडा नं २मा रहेको राष्ट्रीय मदरसा संघ नेपालको पुस्तकालयमा नेकपा कृष्णनगर नगरकमिटी अध्यक्ष जाबेद आलमको अध्यक्षतामा सम्पन्न भएकाे थियो। कार्यक्रमका प्रमुख अतिथी अब्दुल सबुर विशिष्ट अतिथि लुम्बीनी प्रदेश मदरसा बोर्ड उपाध्यक्ष मौलाना मसहूद खां नेपाली, राष्ट्रीय मदरसा संघ नेपालका राष्ट्रीय अध्यक्ष डाॅ अब्दुल गनी अलकुफी अतिथिमा राष्ट्रीय मदरसा संघ नेपाल का उपाध्यक्ष शैख जैस मक्की,गणेश प्रसाद बन्जाडे, अल्हाज फ़ज़ल महमूद खां(बब्लु खां),संघका सदस्य शैख अब्दुल रहमान मदनी,अकिल अहमद,तुफेल अहमद खां रहेका थिए। कार्यक्रम लाई सम्बोधन गर्दै उपाध्यक्ष नेपालीले उपस्थित सम्पूर्ण कमरेड हरुको स्वागत गर्दै ओली सरकारले चलेको कदम गलत रहेको सर्वोच्च न्यायालयले साबित गरिसकेको बताउदै जनताको जीतको यस घडीमा खुशी व्यक्त नगरिकन रहन नसक्ने बताए। गणतंत्रलाई बचाउन न्यायालयले दिएको न्यायको उक्त दिनलाई न्याय दिवसको रुपमा मनाउन समेत अपिल गरे।सर्वोच्च न्यायालयले दिएको निर्णय अल्पसंख्यक, बहुसंख्यक र सम्पूर्णको लागि हितकारी रहेको र नेपालमा संविधान र न्यायलय माथि जनताले राखेको भरोसा कायमनै रहन सफल भएको समेत जिक्र गरे।केही अराजकतत्व हरुको देशलाई विगर्ना खोजेको तर सर्वोच्च न्यायालयले नेपाल र नेपाली जनताको पक्षमा गरेको फैसलाको स्वागत गर्दै खुशी मनाउन कुनै कसर बाकी नराख्ने संघका राष्ट्रीय अध्यक्ष डाॅ अब्दुल गनी अलकुफीले बताउनु भयो।बोल्ने क्रममा गणेश प्रसाद बन्जाडेले र नगर अध्यक्ष जावेद आलमले भने कि सर्वोच्चले संविधानको पक्षमा दिएको निर्णयको भव्यरुपमा स्वागत गरि यस खुशीको समयमा सबै लाई मिलेर खुशयाली मानाउनको लागि नगरवासिहरु संग आग्रह समेत गरे।उक्त कार्यक्रममा प्रमुख अतिथी अब्दुल सबुर लाई राष्ट्रीय मदरसा संघ नेपालले दोसल्ला ओढाई सम्मानित समेत गरेका छन।कार्यक्रममा मौलाना अब्दुल नुर, मौलाना जहीर अहमद बरेलवी,नियाज़ अहमद,युवा नेता जुम्मन खां, वसिम खां, पत्रकार सगीर खाकशार लगायतहरुको उपस्थिती थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

राष्ट्रीय मदरसा संघ नेपाल द्वारा ईद उल अज़हां(बकरा ईद)को शुभकामना व्यक्त

कृष्णनगर, कपिलवस्तु मुस्लिम धर्मावलंबी हरूले मनाउने महत्वपूर्ण चाड बकर इदको उपलक्ष्यमा राष्ट्रीय मदरसा संघ नेपालका...

बकर इदमा सार्वजनिक बिदा दिने मन्त्रिपरिषद्को निर्णयको राष्ट्रीय मदरसा संघ द्वारा स्वागत

कृष्णनगर, कपिलवस्तु सरकारले साउन ६ गते सार्वजनिक बिदा दिएको छ। सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले मुस्लिम...

मर्कजे अहले सुन्नत दरगाहें आला हजरत बरेलीको सहयोगले नेपालको गरिब परिवारमा राहत वितरण

कृष्णनगर/कपिलवस्तु कपिलवस्तुको कृष्णनगरमा रहेको अल जामियातुल बरकातिया लिलबनातमा कृष्णानगर नगरपालिका कोरोना प्रभावित गरिब पीड़ित असहाय...

Recent Comments