Home Uncategorized बुद्धभूमिमा भोली देखि सञ्चालन हुने राष्ट्रपति रनिङ शिल्ड तथा चौथो मेयर कप...

बुद्धभूमिमा भोली देखि सञ्चालन हुने राष्ट्रपति रनिङ शिल्ड तथा चौथो मेयर कप खेलकुद प्रतियोगिताको तयारी पुरा

ओम प्रकाश पौडेल ।

कपिलवस्तु १३ फागुन ।
बुद्धभूमि नगरपालिकाको आयोजनामा भोली देखि फागनु १७ सम्म सञ्चालन हुने राष्ट्रपति रनिङ शिल्ड तथा चौथो मेयर कप खेलकुद प्रतियोगिताको तयारी पुरा भएको छ । यस अघि वडा स्तरमा सम्पन्न भएका दुवै खेलहरुको नगर स्तरको प्रतिश्पर्धा हुन लागेको नगरपालिकाका शिक्षा शाखा प्रमुख कृष्ण भटराईले जानकारी दिनुभयो ।


राष्ट्रपति रनिङ शिल्ड अन्तर्गतका खेलमा माध्यमिक तहमा अध्ययनरत १८ वर्ष मुनिका विद्यार्थीहरु तथा मेयर कप अन्तर्गत नगर भित्रका विभिन्न क्लबहरु तथा विभिन्न स्थानका खेलकुद टिमको सहभागीता रहने छ ।

राष्टपति रनिङ शिल्ड अन्तर्गत छात्र छात्रा भलिवल, कबड्डी, एथलेटिक्स, दौड, हाइजम्प, लङजम्प त्रिपटजम्प, ज्याभलिन थ्रो सटपट लगायतका खेल सञ्चालन हुने बताइएको छ । यस्तै मेयरकप अन्तर्गत खुला पुरुष फुटवल, एथलेटिक्स स्लो साइकल रेस लगाएतका खेल हुने नगरपालिकाले जनाएको छ । खेल शुक्रबार विहान ११ः३० मा सुरु हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

राष्ट्रीय मदरसा संघ नेपाल द्वारा ईद उल अज़हां(बकरा ईद)को शुभकामना व्यक्त

कृष्णनगर, कपिलवस्तु मुस्लिम धर्मावलंबी हरूले मनाउने महत्वपूर्ण चाड बकर इदको उपलक्ष्यमा राष्ट्रीय मदरसा संघ नेपालका...

बकर इदमा सार्वजनिक बिदा दिने मन्त्रिपरिषद्को निर्णयको राष्ट्रीय मदरसा संघ द्वारा स्वागत

कृष्णनगर, कपिलवस्तु सरकारले साउन ६ गते सार्वजनिक बिदा दिएको छ। सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले मुस्लिम...

मर्कजे अहले सुन्नत दरगाहें आला हजरत बरेलीको सहयोगले नेपालको गरिब परिवारमा राहत वितरण

कृष्णनगर/कपिलवस्तु कपिलवस्तुको कृष्णनगरमा रहेको अल जामियातुल बरकातिया लिलबनातमा कृष्णानगर नगरपालिका कोरोना प्रभावित गरिब पीड़ित असहाय...

Recent Comments