Home खेलकुद बुद्धभूमिमा जारी खेलकुद अन्तर्गत आइतबार पनि विभिन्न स्पर्धा सम्पन्न ।। फागुन १४...

बुद्धभूमिमा जारी खेलकुद अन्तर्गत आइतबार पनि विभिन्न स्पर्धा सम्पन्न ।। फागुन १४ देखि जारी प्रतियोगिता सोमबार समापन हुँदै ।।

ओम प्रकाश पौडल । कपिलवस्तु । १६ फागुन ।
बुद्धभूमि नगरपालिकामा जारी राष्ट्रपति रनिङ शिल्ड तथा चौथो मेयर कप प्रतियोगिता अन्तर्गत आइतबार पनि विभिन्न स्पर्धा सम्पन्न भएका छन् । आइतबार ४०० मिटर दौड १ सय मिट रिले दौड सटपट, ट्रिपल जम्प लगायतका खेल सम्पन्न भएको बुद्धभूमि नगरपालिकाले जनएको छ ।


राष्टपति रनिड शिल्ड अन्तर्गत ४०० मिटर छात्र दौडमा रामेश्वर केबट कपिलवस्तु राष्ट्रिय मावि, छात्रा तर्फ भने दिक्षा वेल्वासे नेपाल राष्ट्रिय मावि रनगाई विजय भएका छन् ।


१०० मिटर रिले दौड छात्र तथा छात्रा दुवै तर्फ नेरा मावि रनगाईको टिम प्रथमभएको छ । यस्तै सटपट खेलमा छात्र तर्फ सन्तविर थारु जनकल्याण मावि प्रथम र छात्रा तर्फ नेपाल राष्ट्रिय मावि चौरीले जित हात पारेको छ ।


त्रिपट जम्पमा भने छात्र छात्रा दुवैमा श्री मावि इमिलियाले जित हात पारेको छ। इन्द्र बहादुर रैदास र सलिना मगरले अन्य प्रतिश्पर्धिलाई जितेका हुन ।
ज्याभलिन थ्रो तर्फ मावि निमडाँडका छात्र सुदिप थारु र छात्रा तर्फ पवित्रा घर्ति श्रीमावि इमिलियाका विजयी हुनु भएको हो ।
फागुन १४ गते देखि सुरु भएको प्रतियोगिता फागुन १७ मा समापन हुने शिक्षा शाखा प्रमुख कृष्ण भटराईले जानकारी दिनुभएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

सहयोग र भाईचाराका साथ रोजा बस्दै रमजान पर्व मनाउन राष्ट्रीय मदरसा संघको आग्रह

बैशाख १,कपिलवस्तु पवित्र महिना रमजान तथा नया बर्ष २०७८ को उपलक्ष्यमा राष्ट्रीय मदरसा संघ नेपालले...

जसपा नेपाल लुम्बिनी प्रदेश समिति द्वारा नयाँ बर्ष ,नवरात्रि तथा रमजान पर्व‌को शुभकामना व्यक्त

१ बैशाख , कपिलवस्तु जनता समाजवादी पार्टी नेपाल प्रदेस समितिका युवा नेता अकरम पठानले...

मदरसा शिक्षा लाई प्रभावकारी बनाउन छलफल र सहकार्य गरि अगाडि बढ्दै उपाध्यक्ष मौलाना मशहुद

कपिलवस्तु, चैत्र २० नेपालमा विभिन्न समुदायको बसोबास रहेको छ । जुन समुदायहरु शदियौंदेखि मिलेर...

प्रदेश २ मा मदरसा बोर्ड गठन गर्ने सम्बन्धमा कानुन मन्त्री समक्ष ज्ञापन

कपिलवस्तु, १६ चैत्र लामो समय देखि अल्पसंख्यक मुस्लिम समुदाय नेपालमा बसोबास गर्दै आएको इतिहास छ।...

Recent Comments