Home खेलकुद चौथो बुद्धभूमि मेयर कपको उपाधी वडा १ लाई ।।

चौथो बुद्धभूमि मेयर कपको उपाधी वडा १ लाई ।।

ओम प्रकाश पौडेल । कपिलवस्तु । १७ फागुन ।
चौथो बुद्धभूमि मेयर कप फुटवलको उपाधी बुद्धभूमि वडा नम्बर १ ले हात पारेको छ । इमिलिया खेल मैदानमा आज सम्पन्न प्रतिश्पर्धामा वडा नम्बर २ लाई पराजित पार्दै वडा १ ले उपाधी कब्जा गरेको हो ।
प्रतियोगितामा वडा नम्बर ९ ले तृतीय स्थान हासिल गरेको छ । यो संगै उपाधी विजेताले नगद २५००० रुपैयाँ, उपविजेताले २० हजार रुपैयाँ र तेस्रो हुनेले १५००० रुपैयाँ तथा शिल्ड मेडल र प्रमाणपत्र प्राप्त गरेको नगरपालिकाले जनाएको छ। राष्टपति रनिङ शिल्ड प्राप्त गरेका खेलाडीलाई भने शिल्ड मेडल र प्रमाण पत्रका साथ नगद १० हजार रुपैयाँले पुरस्कृत गरिएको बताइएको छ ।
स्लो साइकल रेसमा भने सिद्धार्थ स्मारक मावि भेलाईका सुजन थारु र छात्रा तर्फ जनकल्याण मावि वरकलपुरका वृन्दा विकले जित हासिल गर्नुभएको छ ।
यस्तै राष्टपति रिनङ शिल्ड अन्तर्गत ३ हजार मिटर दौडमा कपिलवस्तु राष्टिय मावि चेतरादेहिका रोहित खरविन्द, तथा छात्रा तर्फ श्री मावि इमिलियाकी सुष्मा थारु विजयी हुनु भएको छ । हाइजम्प छात्र तर्फ सन्तविर थारु जनकल्याण मावि र छात्रा तर्फ नेपाल राष्टिय मावि चौरीकी सीमा थापाले जित हात पार्नुभएको नगरपालिका शिक्षा शाखा प्रमुख कृष्ण भटराईले जानकारी दिनुभयो ।
यस्तै ४ सय मिटर रिले दौड छात्र तर्फ जनकल्याण मावि, र छात्रा तर्फ नेपाल राष्टिय मावि रनगाई विजयी भएको छ । त्यस्तै छात्र कबड्डीमा नर्थ प्वाइन्ट एकेडमी पत्थरकोट र छात्रा तर्फ जन कल्याण मावि वरकलपुले जित हात पारेको छ । त्यस्तै छात्रा भलिबल प्रतियोगितामा गंगा ज्योति मावि पत्थरकोट विजयी भएको छ ।
फागुन १४ देखि बुद्धभूमि खेल मैदानमा सुरु भएको खेलकुद प्रतियोगिता आज सम्पन्न भएको छ । समापन समारोह नगरप्रमुख केशब कुमार श्रेष्ठकोे अध्यक्षता, जिल्ला समन्वय समितिका संयोजक नारायण खनालको प्रमुख आतिथ्यता प्रमुख प्रशाशकिय अधिकृत अनिल पौडेल लगायतको आतिथ्यता र शिक्षा शाखा प्रमुख कृष्ण भटराईको सञ्चालनमा सम्पन्न भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

सहयोग र भाईचाराका साथ रोजा बस्दै रमजान पर्व मनाउन राष्ट्रीय मदरसा संघको आग्रह

बैशाख १,कपिलवस्तु पवित्र महिना रमजान तथा नया बर्ष २०७८ को उपलक्ष्यमा राष्ट्रीय मदरसा संघ नेपालले...

जसपा नेपाल लुम्बिनी प्रदेश समिति द्वारा नयाँ बर्ष ,नवरात्रि तथा रमजान पर्व‌को शुभकामना व्यक्त

१ बैशाख , कपिलवस्तु जनता समाजवादी पार्टी नेपाल प्रदेस समितिका युवा नेता अकरम पठानले...

मदरसा शिक्षा लाई प्रभावकारी बनाउन छलफल र सहकार्य गरि अगाडि बढ्दै उपाध्यक्ष मौलाना मशहुद

कपिलवस्तु, चैत्र २० नेपालमा विभिन्न समुदायको बसोबास रहेको छ । जुन समुदायहरु शदियौंदेखि मिलेर...

प्रदेश २ मा मदरसा बोर्ड गठन गर्ने सम्बन्धमा कानुन मन्त्री समक्ष ज्ञापन

कपिलवस्तु, १६ चैत्र लामो समय देखि अल्पसंख्यक मुस्लिम समुदाय नेपालमा बसोबास गर्दै आएको इतिहास छ।...

Recent Comments